बुधवार , श्रावण २८, २०७७
भैरहवा, २८ साउन ।
सिद्धार्थ सामुदायिक समाज भैरहवा र केयर नेपालको साझेदारीमा टिपिङ पोइन्ट परियोजना अन्तर्गतका किशोरी समुहका १०१ जना किशोरीहरुलाई मर्यादा किट सामाग्री वितरण गरिएको छ ।
मायादेवी गाउँपालिकाको वडा नम्बर ७ मा १९ जना, मायादेवी–८ मा १४ जना, मर्चवारी–६ मा २३ जना, रोहिणी–१ बगाहमा १८ जना किशोरी र ओमसतिया–५ पट्खौलीमा २७ जना किशोरीहरु गरी १०१ जना किशोरीलाई मर्यादा किट वितरण गरिएको हो
आगामी दिनमा पनि किशोरी समुहहरुमा मर्यादा किट वितरण गर्दै जाने योजना रहेको सिद्धार्थ सामुदायिक समाजका अध्यक्ष समिता मल्लले बताइन् ।
मर्यादा किटमा स्यानिटाइजर, टावेल, अण्डर गार्मेन्ट, सेनिटेरी प्याड, वाथवोडी, र्यापर, साबुनदानी, सर्फ, साबुन, लगायतका सामाग्रीसहितको झोला वितरण गरिएको मल्लले जानकारी दिइन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij