२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

कविता अर्यालको ‘श्रीमानज्यू’ सार्वजनिक

सोमवार , श्रावण ५, २०८२

  • 4.9K
    Shares
  • 4.9K
    Shares
  • काठमाडौं, ५ साउन । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँनयाँ तिजका गीत सार्वजनिक हुन थालेका छन् ।

    यसै क्रममा सोमवार गायिका कविता अर्यालको ‘श्रीमानज्यू’ बोलको तिज गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा भव्य कार्यक्रमसहित उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । रमेश परियारको शब्द÷संगीत रहेको गीतमा स्वयं परियारले आवाज दिनुभएको छ ।

    कार्यक्रममा उपस्थित कलाकारहरुले पछिल्लो समय तीज गीतको नाममा उश्रृृङ्खल गीत बढेको भन्दै कलाकारहरु अनुशासित हुन जरुरी रहेको धारणा राखेका छन् । कार्यक्रममा बोल्दै गायक पशुपति शर्माले नराम्रो गीत गाएर क्षणभरको लागि व्यक्तिगत लाभ भएपनि कला क्षेत्रमा लामो समयसम्म रहिरहन नसकिने बताउनु भयो

    गायक तथा मोडल शंकर बि.सी.ले समाजमा विकृति फैल्याउने खालका गीतहरुलाई अस्वीकार गर्न दर्शकहरुलाई आग्रह गर्नुभयो । कला र संस्कृतिको संरक्षणमा गीतहरुको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै कला र संस्कृति बोकेका गीतहरुलाई सबैले माया गर्नुपर्ने उहाँको भनाइ छ । 

    कार्यक्रममा उपस्थित अन्य कलाकारहरुले समेत समाजमा जनचेतना जगाउने र नारी सशक्तिकरणमा सहयोग गर्ने खालका गीतहरु आउनुपर्नेमा जोड दिनुभयो ।