२०८२, भाद्र १९ गते

Sep 04 2025 | २०८२, भाद्र १९ गते

मानव अधिकारसम्बन्धी स्पष्ट कार्ययोजना बनाउन निर्देशन

आइतवार , श्रावण ४, २०८२

  • 970
    Shares
  • 970
    Shares
  • काठमाडौं, ४ साउन । प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिले मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिवद्धता कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराउँदै स्पष्ट कार्ययोजना बनाउन निर्देशन दिएको छ ।

    आईतवार बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । समितिले पहिलोदेखि तेस्रो मानव अधिकारसम्बन्धी आवधिक समीक्षासम्म गरिएका प्रतिवद्धता र स्वीकार गरिएका सिफारिसहरुको कार्यान्वयन गर्न समयसीमा सहितको राष्ट्रिय कार्ययोजना तत्काल बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ । 

    उहाँले भन्नुभयो, ‘प्रथमदेखि तेस्रो आवाधिक समीक्षामा गरिएका प्रतिवद्धताहरु र कार्यान्वयन गर्न स्वीकार गरिएका सिफारिसहरुको समयसीमा सहितको राष्ट्रिय कार्ययोजना निर्माण गरी नतिजामूलक कार्यान्वयन गर्न आर्थिक कुटनीतिमार्फत विश्वव्यापी आवधि समीक्षा कोषमा पहुँच पुर्याउन र अन्तरराष्ट्रिय सहयोगको लागि आवश्यक प्रवन्ध गर्न, मानव अधिकारको कार्यान्वयनको सम्बन्धमा सूचकमा आधारित अनुगमन तथा प्रगति रिपोर्टिङ प्रणालीको विकास गरी कार्यान्वयन गर्न यो बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देश गर्दछ ।’

    समितिले मानव अधिकारको अवस्थाबारे सूचकाङ्कमा आधारित अनुगमन तथा प्रगति प्रतिवेदन प्रणाली विकास गरेर त्यसलाई व्यवहारमा उतार्न समेत समितिले सरकारलाई आग्रह गरेको छ ।