२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

भियतनाममा क्रूज जहाज दुर्घटनामा ३७ जनाको मृत्यु भएको पुष्टि

आइतवार , श्रावण ४, २०८२

काठमाडौं, ४ साउन । भियतनाम समाचार एजेन्सीले रिपोर्ट गरेको छ कि उत्तरी भियतनामको हा लङ खाडीमा क्रूज जहाज पल्टिँदा ३७ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

४७ जनाको उद्धार गरिएको छ । अनुसन्धानको काम जारी रहेकाो बताइएको छ । ४८ भियतनामी पर्यटकलाई दर्शनीय स्थल भ्रमणमा बोकेर जाँदा जहाज डुबेको थियो । राज्य स्वामित्वमा रहेको मिडियाका नुसार जहाजमा पाँच जना चालक दलका सदस्य पनि थिए ।

भियतनामी उपप्रधानमन्त्री ट्रान होङ हाको निर्देशनमा क्वाङ निन्ह प्रान्तका अधिकारीहरूले उद्धार कार्यलाई सहयोग गर्न चार ठूला जहाजहरू र मुख्य उद्धार बलहरू परिचालन गरिएको थियो । हराइरहेका व्यक्तिहरूको खोजी भइरहको छ ।