२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

दक्षिण कोरियामा भीषण वर्षापछिको बाढी र पहिरोमा ५ जनाको मृत्यु

आइतवार , श्रावण ४, २०८२

काठमाडौं, ४ साउन ।दक्षिण कोरियामा मुसलधारे वर्षाका कारण बाढी र पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ ।

अन्य पाँच जना बेपत्ता भएका छन् । ७ हजार भन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको गृह मन्त्रालयले जनाएको छ । दक्षिण ग्योङसाङ प्रान्तको सान्चेओङ काउन्टीमा थप हताहत भएको रिपोर्ट गरिएको छ ।

जहाँ पहिरोले घरहरू पुरिएपछि एक जनाको मृत्यु भएको र तीन जना बेपत्ता भएको योनहाप समाचार एजेन्सीले जनाएको छ ।