२०८२, भाद्र १८ गते

Sep 03 2025 | २०८२, भाद्र १८ गते

‘मेरो सिद्धार्थनगर’ पुस्तक विद्यार्थीलाई निःशुल्क उपलब्ध गराउन माग

शनिवार , श्रावण ३, २०८२

  • 967
    Shares
  • 967
    Shares
  • भैरहवा, ३ साउन । नेपाल राष्ट्रिय अभिभावक संघ सिद्धार्थनगर नगर समिति रुपन्देहीको नियमित चौथो बैठक शुक्रबार भैरहवामा सम्पन्न भएको छ । समितिका अध्यक्ष उमा काफ्लेको अध्यक्षतामा भएको बैठकले केन्द्रको परिपत्र ४ र ६ तथा गतिविधिका बारेमा छलफल गरेको थियो ।

    बैठकले सिद्धार्थनगरको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजाको बारेमा समीक्षा पनि गरेको थियो । बैठकले ‘मेरो सिद्धार्थनगर’ विषयको पुस्तक सबै विद्यार्थीलाई निःशुल्क उपलब्ध गराउन माग पनि गरेको छ । त्यस्तै कक्षा ८ को पाठ्यक्रम एकरुपता गराउन पनि बैठकले माग गरेको छ । बैठकले विभिन्न विद्यालयको अवलोकन गर्ने र छात्रवृत्तिका लागि पहल गर्ने पनि निर्णय गरेको छ ।

    बैठकमा अभिभावक संघ रुपन्देहीका अध्यक्ष भोज बहादुर बुढाथाकी, सिद्धार्थनगर नगरपालिकाको शिक्षा शाखा प्रमुख चेतनशील लम्साल, भिष्मराज पन्थी, काशी नोबल एकेडेमीका प्राचार्य राजेन्द्र घिमिरे, सल्लाहकार तथा भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फैज अहमद खान, टोप बहादुर रायमाझी, संघका उपाध्यक्ष अर्जुन प्रसाद गौतम, सचिव फणिन्द्र पौडेल, सदस्य आनन्द खनाल, तिल कुमारी गुरुङ ,रुपमाया पुन लगायतले शैक्षिक सुधारसम्बन्धी महत्वपूर्ण सुझावहरु राख्नुभएको थियो ।