२०८२, भाद्र १८ गते

Sep 03 2025 | २०८२, भाद्र १८ गते

घाम तिम्रो साथी

शनिवार , श्रावण ३, २०८२

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • बिहानीको घामले हाम्रो आँगनीमा छोयो,
    ओछ्यौना छोडी तल अब आउ बाबुनानी !

    रुखको हांगाहांगा नाच्दै उफ्री गाए गीत ,
    बोलाउछन् चरा तिमीलाई गीत सुन्न आउ !

    चराहरु आई गर्छन् हेर “चिर्बिर चाँई चुँईँ,
    टिप्छन् आँगनीका बिस्कुन मीठा चुनी चुनी !!

    उषाकिरण तिमीलाई मिठो खुराक दिन्छे,
    बिहानीको लालिमा झनैं रुप तिम्रो बाल्छे !

    बसेका छन् कोपिला ती शान्त शीत बोकी,
    छुनुमुनु फक्रेका छन फूल्न मुस्कुराई !

    जाई, जुली, चमेलीले छर्छन् मिठो बास,
    बिहानीको यी हावा हुन्छन् हेर सधै खास !

    बिहानीको न्यानो घामलाई साथी बनाउ,
    बगैंचाका फूल र चरी चिर्बिरमा रमाउ !

    खेल खेली थाकेर घाम जान्छन् सुत्न साँझ,
    आउँछन भोली भोरमा फेरि, संगै जुट्न !