२०८२, भाद्र १६ गते

Sep 01 2025 | २०८२, भाद्र १६ गते

नेपालले आफ्नो सामर्थ्यअनुसार विकास गरिरहेको छ : प्रधानमन्त्री

शुक्रवार , श्रावण २, २०८२

  • 949
    Shares
  • 949
    Shares
  • काठमाडौं, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो सामथ्र्यअनुसार विकासका कामहरु गरिरहेको बताउनुभएको छ ।

    शुक्रवार काठमाडौंमा नेपाल चीन संस्कृति शिखर सम्मेलन, २०२५ को शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो सामथ्र्यअनुसार नेपालले विकासका कामहरु अघि बढाइरहेको उल्लेख गर्नुभयो ।

    उहाँले मित्रताका लागि गच्छ नचाहिने भन्दै आफ्नो सामथ्र्यअनुसार पारस्परिक सम्बन्ध अघि बढाइरहेको बताउनु भयो । नेपाल र चीन बीचको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बन्दै जाने बताउनु भयो । 

    प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेपाल आफ्नो गच्छअनुसार विकासका काममा अघि बढिरहेको छ । आफ्नो गच्छअनुसार गति अघि बढाइरहेको छ । मित्रताका लागि गच्छ चाहिँदैन । यसै गर्न सकिन्छ । गच्छअनुसार पारस्परिक सम्बन्धलाई पनि अघि बढाइरहेको छ । हाम्रो यो सम्बन्ध आगामी दिनमा अझ व्यापक हुँदै जानेछ ।’

    प्रधानमन्त्री ओलीले नेपाल चीनबीचको मैत्री सम्बन्धलाई अगाडि बढाउने सन्दर्भमा कुनैपनि काम गर्न कुनै कसर बाँकी नराख्ने बताउनु भयो ।