२०८२, भाद्र १६ गते

Sep 01 2025 | २०८२, भाद्र १६ गते

पाकिस्तानमा वर्षासँग सम्बन्धित दुर्घटनामा ५४ जनाको मृत्यु, २२७ जना घाइते

शुक्रवार , श्रावण २, २०८२

  • 640
    Shares
  • 640
    Shares
  • काठमाडौं, २ साउन । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले पाकिस्तानभर वर्षासँग सम्बन्धित दुर्घटनामा विगत २४ घण्टामा कम्तीमा ५४ जनाको मृत्यु भएको जनाएको छ ।

    २२७ जना घाइते भएका छन् । एनडीएमएको मिडिया शाखाले बताएअनुसार पूर्वी पञ्जाव प्रान्तमा धेरैजसो दुर्घटना भएका हुन् । वर्षाले व्यापक विनाश निम्त्याएको छ ।

    जसमा सबैभन्दा बढी प्रभावित क्षेत्रहरू प्रान्तको लाहोर र फैसलाबाद जिल्लाहरू हुन् । अधिकांशको मृत्यु पर्खाल र छाना ढलेर भएको हो ।