२०८२, भाद्र १६ गते

Sep 01 2025 | २०८२, भाद्र १६ गते

भ्रष्टाचारमा लिप्त रहिरहे आन्दोलन गर्नुपर्ने अवस्था आउने : अध्यक्ष दाहाल

बिहिवार , श्रावण १, २०८२

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • काठमाडौं, १ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार भ्रष्टाचारमा लिप्त रहिरहे बाध्य भएर छिट्टै सडकबाटै आन्दोलन गरेर प्रतिवाद गर्नुपर्ने अवस्था आउने बताउनुभएको छ ।

    बिहीबार ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा आयोजित विशेष कार्यक्रममार्फत ’श्रम र उत्पादनमा वाइसिएल अभियान’ को औपचारिक उद्घाटन गर्दै प्रचण्डले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै यस्तै रवैया रहिरहे बाध्य भएर छिट्टै सडकबाटै आन्दोलन गरेर प्रतिवाद अवस्था आउने बताउनुभयो ।

    उहाले प्रतिपक्षको हैसियतले सरकारको असफलता र भ्रष्ट्राचार उजागर गर्दै आएको उल्लेख गर्नुभयो । सुशासनको विरुद्ध खडा भएको वर्तमान सरकार सम्पूर्ण रुपमा देशलाई असफल बनाउने दिशातर्फ अघि बढेको उहाले बताउनुभयो ।

    प्रचण्डले युवालाई भ्रष्टाचारविरुद्ध सशक्त भूमिका खेल्न आह्वान समेत गर्नुभयो । वाइसिएल नेपालले नीतिगत निर्णयमार्फत राष्ट्रिय रूपमा सञ्चालनमा ल्याएको श्रम अभियानलाई माओवादी केन्द्रले अघि सारेको “उत्पादन ब्रिगेड” को निरन्तरता र एक महत्वपूर्ण आयाम भएको उहाले बताउनुभयो । 

    प्रचण्डले यो अभियान माओवादी आन्दोलनको वैचारिक र व्यवहारिक गहिराइसँग जोडिएको विषय भएको धारणा राख्नुभयो । वाइसिएल नेपालले देशभर ५५ ठाउँबाट अभियान सञ्चालन गरेको जानकारी दिएको छ ।