
बुधवार , श्रावण १, २०८२
काठमाडौं, ३२ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले देशमा आशा सञ्चार गर्ने वातावरण नाश भएर गएकाले प्रतिभावानहरु पलायन हुने होकी भन्ने खतरा रहेको बताउनुभएको छ ।
मन्त्रालयले बुधबार काठमाडौंमा आयोजना गरेको बिभिन्न पुरस्कार बितरण कार्यक्रममा मन्त्री पाण्डले देश र समाजका लागि योगदान दिनेहरुले तथ्य र सत्यका आधारमा देशमा आशा सञ्चार गर्ने वातावरण बनाउनुपर्नेमा समेत जोड दिनुभयो ।
उहाले नेपालमा भएका धेरै सम्पदाहरुलाई विश्वभर चिनाउन सके धेरै भन्दा धेरै पर्यटकहरु भित्राउन सकिने धारणा राख्नुभयो । त्यस्तै मन्त्री पाण्डेले बिनासकारी भूकम्पबाट क्षति भएका ऐतिहासिक स्थलहरुको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । संस्कृति सवै समाजको प्राणतत्व भएकाले सवैले आ–आफ्नो कला संस्कृतिको जगेर्नामा ध्यान दिन जरुरी रहेको उहाले बताउनुभयो ।
कार्यक्रममा मन्त्रालयले एकलाख राशीको आदिकवि भानुभक्त आचार्य राष्ट्रिय पुरस्कार प्राडा रामप्रसाद ज्ञवाली, दुई लाख राशीको इतिहास शिरोमणी बाबुराम आचार्य राष्ट्रिय पुरस्कार बेलायतका डा जोन ह्वेल्पटन, गोपालप्रसार रिमाल पुरस्कार भरत भण्डारी र किरण राई, शताव्दी पुरुष सत्यमोहन जोशी राष्ट्रिय पुरस्कार प्राडा वीणा पौड्याल र सिद्धिचरण परस्कार प्राडा देवीप्रसाद नेपाललाई प्रदान गरेको थियो।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij