२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

कृषिलाई व्यवसायीकरण, व्यापारीकरण गर्न जरुरी : सांसद ढुंगाना

मंगलवार , आषाढ ३१, २०८२

काठमाडौं, ३१ असार । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले कृषिलाई व्यवसायीकरण, व्यापारीकरण गर्न जरुरी रहेको बताउनुभएको छ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा गरिबी घटाउनका लागि कृषिको व्यवसायीकरण, व्यापारीकरण गर्न जरुरी रहेको बताउनु भयो । कृषिको व्यवसायीकरणले विदेश गएका नेपालीहरुलाई स्वदेशमै रोजगारी दिन सकिने बताउनु भयो । उहाँले आफैँ आत्मनिर्भर बन्दा देशको अर्थतन्त्रमा पनि ठूलो योगदान हुने बताउनु भयो । उखु किसानलाई दिँदै आएको अनुदान कटौती गर्न नहुने बताउनु भयो । 

सांसद ढुंगानाले भन्नुभयो, ‘यो देशमा गरिबी हटाउने हो, गरिबी समाप्त गर्ने हो भने कृषिलाई व्यवसायीकरण, व्यापारीकरण, कृषिको व्यवस्थापन गर्नुपर्छ । जसले गर्दा विदेशमा गएका ५५ लाख युवाहरु स्वदेशमै रोजगारी पाउनसक्छन् । हामी आत्मनिर्भर बन्नसक्छौँ । उखुमा ७० रुपैयाँ अनुदान दिन्थ्यो । अहिलेको बजेटमा त्यो ७० रुपैयाँ पनि काट्यो । उखु भनेको क्यासको खेती हो । उखुमा दिएको अनुदान पनि काट्दै हुनुहुन्छ भने कसरी कृषिलाई बलियो बनाउन सक्नुहुन्छ ?’

सांसद ढुंगानाले कृषि क्षेत्रलाई बलियो बनाउन माग गर्नुभयो ।