२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

महिलाहरुको क्षमता बृद्धिका लागि तालिम

मंगलवार , आषाढ ३१, २०८२

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा महिलाहरुको क्षमता बृद्धिका लागि तालिम प्रदान गरेको छ ।नगरपालिकाले नगरउपप्रमुख क्षमता बिकास कार्यक्रम अन्तरगत महिलाहरुलाई तालिम प्रदान गरेको हो । 

नगरपालिका भित्रका सञ्चारकर्मी, शिक्षक तथा राजनीतिककर्मी सहित अगुवा महिलाहरु सम्मेलित तालिममा नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत नारायण अर्यालले रुपान्त्रणकारी नेतृतवका बिषयमा सहजिकरण गर्नु भएको थियो । 

उहाँले पछिल्लो समय महिलाहरुले पनि सहज रुपमा नेतृत्व गरिरहेको बताउदै चुनौतीलाई स्वीकार गर्दै थप नेतृत्व प्रदान गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले सहि  र सकारात्मक सोचका साथ लक्ष्यलाई पक्ष्याउदै अगाडि बढ्नु पर्ने बताउनु भयो। 

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरदेवि चौधरीले महिला सशत्तिकरणका लागि महिलाहरुनै सक्षम हुनुपर्नेमा जोड दिनुभयो । महिलाहरुले नेतृत्व र क्षमता बृद्धि गर्दै समाजमा  रोलमोडलका रुपमा काम गर्न आग्रह गर्नु भयो । 

तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्रीले स्थानिय स्तरका बौद्धिक व्यक्तिहरुको ज्ञान र सिपलाई अगिंकार गर्दै जानु पर्ने बताउनु भयो । उहाँले बाहिरबाट प्रशिक्षक बोलाउदैमा तामिल फलदायि नहुदै उल्लेख गर्दै स्थानिय स्तरका बौद्धिक व्यक्तिले पनि सहि रुपमा क्षमता बृद्धिमा काम गर्न सक्ने बताउनु भयो ।