२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

भानु जयन्ती नेपाली भाषाको गौरव गाउने महान दिन : सभामुख घिमिरे

आइतवार , आषाढ २९, २०८२

काठमाडौं, २९ असार । सभामुख देवराज घिमिरेले आदिकवि भानुभक्त आचार्यको जन्म दिन नेपाली भाषाको गौरव गाउने महान दिन भएको बताउनुभएको छ ।

आईतवार २१२ औं भानु जयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल मात्र नभइ आज दार्जलिङका पहाडसम्म दौरा सुरुवाल, गुन्युचोलो, नरसिंहा, झ्याम्टोको संयोजनले गुञ्जायमान हुने गरेको बताउनु भयो । 

संसारभर नेपाली भाषाको र भानुभक्तको प्रशंसाको शुरुवात हुनु अद्वितीय उदाहरण भएको जिकिर गर्नुभयो । भानु जयन्तीमा नेपालीहरुले आफ्नो संस्कृति र भाषाको महत्वलाई अझ उजागर गर्दै लैजानुपर्ने उल्लेख गर्नुभयो । भानु जयन्ती भाषा, संस्कृति र पहिचानसँग सम्बन्धित चाड भएको बताउनु भयो । 

सभामुख घिमिरेले भन्नुभयो, ‘भानु जयन्ती केबल जन्मजयन्ती होइन, नेपाली भाषाको गौरव गाउने महान दिन हो । नेपाल मात्र होइन, दार्जलिङका पहाडसम्म दौरा सुरुवाल, गुन्युचोलो, नरसिंहा, झ्याम्टोको संयोजनले गुञ्जायमान हुनु र संसारभर नेपाली भाषाको र भानुभक्तको प्रशंसाको शुरुवात हुनु अद्वितीय उदाहरण हो । त्यो उत्सवमा भानु जयन्ती सबैभन्दा ठूलो चाड मानिन्छ । किनभने त्यो चाड भाषासँग सम्बन्धित चाड हो । संस्कृति र पहिचानको महान चाड हो ।’

सभामुख घिमिरेले नेपाली भाषालाई अझ प्रगतिशिल र विश्व साहित्यको हिस्सा बनाउने प्रण गर्न जरुरी रहेको बताउनु भयो ।