२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

तिलोत्तमामा पिसिएल नर्सिङ र डिप्लोमा इन फार्मेसी सञ्चालनका लागि अनुमति

शुक्रवार , आषाढ २७, २०८२

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा, २७ असार । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ स्थित तिलोत्तमा सिटी कलेजलाई आगामी आर्थिक वर्ष २०८२/०८३ देखि सिटीइभिटीसँगको सम्बन्धनमा पिसिएल नर्सिङ्ग र डिप्लोमा इन फार्मेसी कक्षा सञ्चालन हुने भएको छ ।

    नगर सभाले नीतिगत निर्णयका साथै आवश्यक बजेट समेत बिनियोजन गरेको जानकारी गराएपछि सो कक्षाहरु सञ्चालन गर्न  सिटीइभिटीले स्वीकृत प्रदान गरेको हो ।

    प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको निर्णय अनुसार पिसिएल नर्सिङ्गमा ४० जना र डिप्लोमा इन फार्मेसीको कक्षामा ४० जना गरी भर्ना लिएर अध्यापन सुरु गर्ने तिलोत्तमा नगरपालिकाले जनाएको छ।

    तिलोत्तमा नगरपालिकाको गौरवको योजना अन्तर्गत राखिएको तिलोत्तमा बहुप्राबिधिक कलेज लामो समयको निरन्तर प्रयासपछि भएको सफलताले आफूलाई खुसी तुल्याएको नगरप्रमुख रामकृष्ण खाणले बताउनुभयो ।

    उहाँले तत्कालिन जनप्रतिनिधि र हालका जनप्रतिनिधि एवं सबैको प्रयत्नले सार्थकता पाएको यस कलेजबाट सर्वसुलभ रुपमा तिलोत्तमाका विद्यार्थी तथा अन्य स्थानका विद्यार्थीले समेत गुणस्तरीय प्राविधिक शिक्षा प्राप्त गर्ने अवसर मिल्ने बताउनुभयो ।

    नगरपालिकाले आफ्नै लगानीमा निर्माणसम्पन्न गरेको सो भवन प्रयोगबिहीन थियो । चालु आर्थिक वर्षमा नगरपालिकाले कलेज सञ्चालनका लागि बजेट समेत बिनियोजन गरेको छ ।