२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

मल अभावको समस्या तत्काल समाधान गर्न सरकारसँग माग

शुक्रवार , आषाढ २०, २०८२

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौं, २० असार । नेकपा (माओवादी केन्द्र) का सांसद गोपिबहादुर अछामीले मल अभावको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभएको छ ।

    राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले किसानहरू अहिले धान रोपाइँमा व्यस्त रहे पनि मल नपाएको गुनासो देशभरबाट आइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले निजामति विधेयकमा पनि सबैको चासो रहेकोले राष्ट्रिय सभाले बद्मासी गर्न नहुने टिप्पणी गर्नुभयो । 

    उहाँले भन्नुभयो, ‘संघीय निजामति विधेयक प्रतिनिधि सभाबाट पास भएर राष्ट्रिय सभामा आइसकेको छ । त्यस विधेयकलाई कुलिङ पिरियड भन्दा राम्रो होला । अहिले त्यसकै चर्चा पनि छ । अझैपनि बद्मासी त्यसमा कतै हुँदै छ कि के हो ? भन्ने प्रश्न जन्मिएको छ । किसानहरु अहिले धान रोपिरहेका छन् ।

    तर मल पाइराखेका छैनन् भन्ने जताततैबाट कम्पलेनहरु आइरहेको छ । यसमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । अध्यक्षज्यूमार्फत सरकारसँग खेतिमा लागेका किसानहरुलाई मलको सहज उपलब्धता गर्न माग गर्दछु ।’

    संघीय निजामति विधेयकमा कुलिङ पिरियडबारे व्यवस्थामा भएको हेरफेर सुधार गरी पास गर्नुपर्ने उहाँको भनाइ छ ।