२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

धान दिवसमा माओवादी कार्यकर्ताले शहीद परिवारको खेतमा धान रोपे

सोमवार , आषाढ १६, २०८२

  • 856
    Shares
  • 856
    Shares
  • भैरहवा, १६ असार । राष्ट्रिय धान दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ताहरूले रुपन्देहीको शुद्धोधन गाउँपालिका–३ बेतहीका शहीद रमेश यादवको परिवारको खेतमा धान रोपेका छन् ।
    माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालको नेतृत्वमा आयोजित रोपाइ कार्यक्रममा केन्द्रीय सदस्यहरू रामु परियार, मक्सुद अली, देवेन्द्र पाण्डे (सागर), संविधान सभा सदस्य शारदा घिमिरे, वाईसीएलका केन्द्रीय उपाध्यक्ष माधव बस्नेतसहित करिब ८० जना नेता तथा कार्यकर्ताहरू सहभागी थिए । कार्यकर्ताहरूले दिनभर १० कठ्ठा खेतमा धान रोपेका थिए ।

    पार्टीका रुपन्देही संयोजक नारायण जिसी (निर्मल) ले श्रमसँग पार्टीको सम्बन्धलाई सुदृढ गर्दै शहीद परिवारप्रतिको सम्मान स्वरूप यो अभियान चलाइएको जानकारी दिनुभयो । रोपाइ कार्यक्रमले शहीद परिवारलाई सघाउने मात्र नभइ, नेताहरुलाई शहिद परिवारको पीरमर्का नजिकबाट बुझ्ने अवसर जुटाइदिएको उहाँले बताउनुभयो । श्रममा संलग्न नेता तथा कार्यकर्ताहरूको सहयोगप्रति शहीद यादवको परिवारले खुसी व्यक्त गरेको छ । शहीद रमेश यादवको २०६२ सालमा तत्कालिन शाही सेनाको नियन्त्रणमा लिएर गोली हानी हत्या गरिएको थियो ।