२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

आगामी आर्थिक वर्षलाई लालपूर्जा वितरण वर्षको रुपमा मनाउँछौं : मेयर खरेल

बुधवार , आषाढ ४, २०८२

  • 925
    Shares
  • 925
    Shares
  • भैरहवा, ४ असार । रुपन्देहीको देवदह नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ लाई जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) वितरण वर्षको रुपमा मनाउने नगरप्रमुख (मेयर) धुव्र खरेलले बताउनुभएको छ । नगरपालिकाको वडा नम्बर ८ को आयोजनामा देवदहमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै मेयर खरेलले भन्नुभयो–‘दशकौंदेखि सुकुम्बासी भएर बसेका नगरबासीलाई पूर्जा दिनु नै हाम्रो मुख्य काम हुनेछ ।’

    उहाँले बाटो–घाटो, पानी–बिजुली लगायत भौतिक पूर्वाधार भन्दा देवदहका नागरिकलाई जग्गाधनी पूर्जा दिनु नै देवदहको विकास भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘यहाँका सयौं घरपरिवारसँग जग्गाधनी पूर्जा छैन । यसपटक भूमि आयोगसँग सहकार्य गरेर हामीले पूर्जा बाँड्ने काम अगाडि बढाएका छौं । २०८२ सालभित्र हामीले सबै देवदहबासीलाई पूर्जा दिनेछौं ।’

    १४ हजार बढी भूमिहिन, सुकुम्बासी रहेको देवदहमा मेयर खरेलले समृद्ध नगर बनाउने अभियानमा सबै नगरबासीको सक्रिय सहयोग आवश्यक रहने पनि उहाँले बताउनुभयो । उहाँले देवदहमा निर्माणाधिन लुम्बिनी बौद्ध विश्वविद्यालयको परियोजना सञ्चालनसँगै २० हजार विद्यार्थी बस्ने घर, होटल, होस्टेल आवश्यक रहने पनि बताउनुभयो । उहाँले देवदहलाई पर्यटकिय नगरिको रुपमा विकास गर्ने गरी नगर सरकार अगाडि बढेकोले नगरबासी पनि सोहीअनुसार लाग्नुपर्ने बताउनुभयो ।

    नगरप्रमुख खरेलले कुनै जनप्रतिनिधि र कर्मचारिले घुस मागे तत्काल खबर गर्न समेत अनुरोध गर्नुभयो ।