
मंगलवार , आषाढ ३, २०८२
काठमाडौं, ३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि संसद अवरोध जारी राखेका छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा दुवै पार्टीका सांसदहरुले उठेर विरोध जनाएका हुन् । सभामुखले सदनको कारबाही शुरु गरेसँगै उनीहरुले उठेर विरोध जनाए । सभामुख देवराज घिमिरेले रास्वपा सांसद चन्दा कार्की भण्डारीलाई बोल्न समय दिनुभएपछि सांसद भण्डारीले भिजिट भिसाको आवरणमा ट्राभल एजेन्सी, एयरलाइन्सहरु, अध्यागन विभाग र गृह मन्त्रालयसमेत संलग्न रहेको भन्दै मानव तस्करी भएको बताउनु भयो । उहाँले यसले नेपालको इज्जत र गरिमा धुमिल बनाएको बताउनु भयो ।
अपराधिक क्रियाकलापविरुद्ध रास्वपाले निरन्तर आवाज उठाइरहेको तर सरकारले गम्भीरतापूर्वक नलिएको बताउनु भयो । उहाँले २०६४ सालदेखि यो समस्या रहेकाले यसको जालो अब च्यात्नुपर्ने बताउनु भयो । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाइ दोषीमाथि कारबाही गरी सुशासन स्थापना गर्न आग्रह गर्नुभयो । सरकारले रोष्टमबाट धम्क्याएको बताउँदै गृहमन्त्रीलाई आफूहरुले अपराधी नभनेको बताउनु भयो । भिजिट भिसाको आवरणमा रहेको मानव तस्करीको जालो च्यात्न र ठगिएका नागरिकलाई न्याय दिन उच्चस्तरीय छानविन समिति वा न्यायिक आयोग गठन गर्न माग गर्नुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij