
आइतवार , आषाढ १, २०८२
भैरहवा, १ असार । सिद्धार्थ साहित्य परिषद् रुपन्देहीले आफ्नो ४५ औं स्थापना दिवस शनिबार भैरहवामा मनाएको छ । सिद्धार्थनगर नगरपालिका र सिद्धार्थ साहित्य परिषद्को साझेदारीमा सिद्धार्थनगर साहित्य सम्मिलन २०८२ आयोजना गरिएको हो ।
परिषद्का अध्यक्ष डिल्लीराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार लता प्रधान, दीपक प्रधानको दिल नामक कविता संग्रह कृति तथा रुद्र शर्मा दुःखीको बटुलबाटुल कृतिको को विमोचन गरिएको थियो।
रुद्र शर्मा दुःखीको बटुल बाटुलको समीक्षा साहित्यकार रमेश समर्थनले गर्नुभएको थियो । त्यसै गरी प्रधानको कविता संग्रहको प्राज्ञ बुंद रानाले समीक्षा गर्नुभएको थियो । कार्यक्रममा कृति लोकापर्ण, कवि गोष्ठी, कार्यपत्र प्रस्तुति लगायत रहेका थिए । सो अवसरमा तीनवटा कार्यपत्र प्रस्तुत गरिएको थियो । सिद्धार्थनगरको भाषिक अवस्थाका बारेमा प्रा.डा.कपिल लामिछानेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । जसकोे टिप्पणी प्रा.डा.गितु गिरीले गर्नुभएको थियो ।
त्यसै गरी सिद्धार्थनगरको साहित्यिक विकासमा संघ–संस्थाको भूमिकाको विषयमा परिषद्का अध्यक्ष डिल्लीराज भट्टराईले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । जसको टिप्पणी साहित्यकार रुद्र ज्ञवालीले गर्नुभएको थियो । त्यस्तै भाषा, साहित्य कला संस्कृतिको विकासमा स्थानीय तहको दायित्व विषयमा साहित्यकार वनमाली निराकारले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । जसको टिप्पणी साहित्यकार विजय सागर श्रेष्ठले गर्नुभएको थियो।
कार्यक्रममा परिषदको आजीवन सदस्यता प्राप्त गर्ने १० जनालाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा ३ दर्जन श्रष्टाहरुले रचना वाचन गर्नुभएको थियो ।कार्यक्रमको सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख चेतनशील लम्सालले उद्घाटन गर्दै साहित्य कला भाषा संरक्षण सम्बद्र्धनका लागि नगरपालिका सधै तत्पर रहेको बताउनुभयो ।
कार्यक्रममा साहित्यकार रामचन्द्र भट्टराई, देवेन्द्र घिमिरे, दिल साहनी, समाजसेवी तथा साहित्यकार भरत कुमार पोखरेल, मदन लाल पौडेल, रुद्र शर्मा दुःखी, सिर्जनशिल साहित्यक समाजका अध्यक्ष सरु ज्ञवाली, लता प्रधान, दीपक प्रधान लगायतले बोल्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन सचिव लक्ष्मी प्रसाद अधिकारी तथा सह–सचिव कृष्ण प्रसाद बस्यालले गर्नुभएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij