२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

सिद्धार्थनगरमा कृषकलाई अनुदानमा धानको बीउ वितरण

बुधवार , जेठ ८, २०८२

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • भैरहवा, ७ जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले कृषकहरुलाई ५० प्रतिशन अनुदानमा धानको बीउ वितरण गरेको छ । नगरप्रमुख (मेयर) इश्तियाक अहमद खाँले एक कार्यक्रमकाबीच कृषकहरुलाई साभा मन्सुली, साभा मन्सुली सव १, हर्दिनाथ ६, रामधानको उन्नत बीउ वितरण गर्नुभएको हो ।

    उन्नत विउको प्रयोग गरी उत्पादन बढाउने उद्देश्यले धानको बीउ वितरण गरिएको मेयर खाँले जानकारी दिनुभयो ।  कृषकहरुको मागको आधारमा बीउ वितरण हुँदै आएको छ । नगरपालिकाले सिजन अनुसार धान, गहुँ तरकारी लगायतका बीउ र कृषि उपकरणहरु कृषकहरुलाई उपलब्ध गराउँदै आएको छ ।