२०८३, श्रावण २७ गते

Aug 12 2026 | २०८३, श्रावण २७ गते

भैरहवामा गल्फ लुब्रिकेन्ट्सको रिटेलर तथा पिजिएम भेटघाट कार्यक्रम सम्पन्न

शनिवार , फाल्गुण २४, २०८१

  • 688
    Shares
  • 688
    Shares
  • भैरहवा, २४ फागुन । गल्फको नेपालको लागि आधिकारीक विक्रेता नेपाल ल्युब आयल लिमिटेडद्वारा आयोजित रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स भेटघाट कार्यक्रम शनिबार रुपन्देहीको भैरहवामा सम्पन्न भएको छ । डिलर न्यू भैरव लुब्रिकेशन, बुटवलको सहकार्यमा आयोजना उक्त मिट कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा नेपाल ल्युब आयल लिमिटेडका डिलर ईन्चार्ज सन्तोष न्यौपानेले भने–‘यो भेटघाट कार्यक्रम हामीले देशभरी सञ्चालन गर्दै आएका छौं । यो कार्यक्रमको मुख्य उद्देश्य भनेको विभिन्न क्षेत्रमा रहेका रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुसँग प्रत्यक्ष भेटघाट गरी उहाँहरुको सल्लाह र सुझाव अनुरुप रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्समैत्री नीति बनाउनु हो ।’

    यससँगै पिजिएमहरुलाई नविनतम प्रविधिको बारेमा तालिम प्रदान गर्ने र सहकार्यको उद्देश्यसहित भेटघाट कार्यक्रमको आयोजना गरिएको बताए । उनले कार्यक्रममा १५० बढी रिटेलर तथा पिजिएमहरुको सहभागीता रहेको जानकारी दिए ।

    कार्यक्रममा नेपाल ल्युब आयल लिमिटेडका क्वालिटी कन्ट्रोल ईन्जिनियर प्रवेश कर्णले  गल्फका विभिन्न उत्पादनहरूको बारेमा जानकारी दिए । उनले नेपाल ल्युब आयलको अटोमोबाइलदेखि उद्योगहरूमा प्रयोग हुने सबै सेग्मेंट्स र ग्रेडका लुब्रिकेन्ट्स, ग्रीजको बारेमा विस्तृतमा जानकारी गराए ।

    न्यू भैरव लुब्रिकेशनका सञ्चालक सुधन भट्टराईको अध्यक्षता, नेपाल अटो मोबाईल्स डिलर एसोसिएसन (नाडा)का लुम्बिनी प्रदेश अध्यक्ष गणेश प्रसाद भट्टराई, सिद्धार्थ सार्वजनिक यातायात प्रा.लि.का कोषाध्यक्ष सियाराम यादव, देवेन्द्रराज पौडेल, लिलाधर घिमिरेसहित नेपाल ल्युब आयल लिमिटेडका सेल्स तथा मार्केटिङ टीमको पनि उपस्थिति थियो । कार्यक्रमको सञ्चालन कृष्ण भुर्तेलले गरेका थिए ।