२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

मानवीय सुख र समृद्धिका लागि डिजिटल प्रविधिको प्रयोग आवश्यक छ: प्रधानमन्त्री

बिहिवार , फाल्गुण १५, २०८१

  • 910
    Shares
  • 910
    Shares
  • प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सामाजिक सञ्जाल प्रयोगको अधिकारमा तलमाथि हुने गरी कुनै कानुन नबनाउने स्पष्ट पारेका छन । 

    बिहीबार काठमाडौंमा महान्यायाधिवक्ताको कार्यालयद्वारा आयोजित डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने जस्ता कामको नियन्त्रण गर्ने भन्दै सामाजिक सञ्जाल प्रयोगको अधिकारमा भने तलमाथि हुने गरी कुनै कानून नवनाउने स्पष्ट पारेका हुन  ।

    प्रधानमन्त्री ओलीले मानवीय सुख र समृद्धिका लागि डिजिटल प्रविधिको प्रयोग हुनुपर्ने भएकाले अधिकारको प्रयोगका नाममा समाजलाई विकृत बनाउने छाडातन्त्रलाई रोक्न आवश्यक कानून ल्याउन खोजिएको जिकिर गरे । उनले कार्यान्वयनको दस वर्ष पुगेको अवस्थाका संविधानको समीक्षा गर्दै आवश्यक संशोधन गरिने बताए ।

    उनले डिजिटल प्रविधिकोे प्रयोग गरेर वा नगरेर अपराध हुन सक्ने र यसको अनुसन्धानका लागि विद्युतीय प्रविधि प्रयोगको सुविधाले अपराध नियन्त्रणमा अन्तर्राष्ट्रिय सहयोग आदान–प्रदान सहज हुने बताए । प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य प्राप्ति गर्न सुशासन प्राप्ति तथा जनताको सामाजिक र आर्थिक अधिकारको प्रयोग आवश्यक पर्ने धारणा राखे । 

    कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालले आपराधिक घटनामध्ये डिजिटल प्रयोगबाट अपराध हुने क्रम बढ्दो रहेको र सामाजिक सञ्जाल दुरुपयोगका साथै डिजिटल ठगी, वित्तीय अपराध तथा डाटा सुरक्षा चुनौतीपूर्ण भएको बताए । बिभिन्न देशका प्रतिनिधिसमेत सहभागी सम्मेलन दुई दिन सम्म चल्ने महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।