२०८३, आषाढ २८ गते

Jul 12 2026 | २०८३, आषाढ २८ गते

काशीमा लाईभ म्यूजिकसहित खाना महोत्सव

आइतवार , फाल्गुण ४, २०८१

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • भैेरहवा, ४ फागुन । काशी नोबल एकेडेमी सिद्धार्थनगरले शनिबार लाईभ म्यूजिकसहित खाना महोत्सव सम्पन्न गरेको छ । विद्यार्थीहरुको अतिरिक्ति क्रियाकलाप अन्र्तगत उनीहरुको प्रतिभा, ज्ञान, सीप विकाससहित व्यवहारिक शिक्षामा जोड दिदै कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ ।

    कक्षा ७ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरु सहभागी कार्यक्रममा उनीहरुले मम, फेन्च फ्राई, चटपटे, पकौडा, क्रिस्पी कर्न, कफी, मकटेललगायतका परिकारहरु तयार पारेका थिए । तयार पारेका परिकार उपस्थित विद्यालयका विद्यार्र्थी, शिक्षक, कर्मचारीले किनेर खाएका थिए । होटल म्यानेजमेन्ट (एच.एम.) अध्ययनरत विद्यार्थीको अगुवाइमा खाना महोत्सव सञ्चालन भएको थियो ।

    479926684_4016126778609168_3332839118941114743_n.jpg

    विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेको अध्यक्षता तथा श्री सत्य साई वृद्ध सेवा आश्रम ओमसतिया–४ रुपन्देहीकी अध्यक्ष माया खरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महोत्सव संयोजक शिक्षक अनिल बंशल, सह–संयोजक सागर भुसाल, सहप्राचार्य श्री रायमाझी, निर्मल हुमागाईलगायतको उपस्थिति रहेको थियो ।

    विद्यालयका कोओर्डिनेटर हरि आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सांगीतिक लाईभ म्यूजिक कार्यक्रम काशीका बी सेभेन ब्याण्डका विद्यार्थीले गरेका थिए ।