
शुक्रवार , पौष २६, २०८१
भैरहवा, २६ पुस । रुपन्देहीको गैडहवा गाउँपालिका गाउँ सभाको १५ औं अधिवेशन सम्पन्न भएको छ । ‘कृषि, शिक्षा, स्वास्थ्य, रोजगार र व्यापार पर्यटनसहितको पूर्वाधार विकासको आधार’ मूल नारासहित गैडहवा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय विष्णुपुरामा गाउँ सभाको १५ औं अधिवेशन सम्पन्न भएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्यालले कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनलाई प्राथमिकता राखेर काम गरेको बताए । उनले गैडहवा गाउँपालिकाले गौरवका योजना अगाडि बढाएको र भइरहेका कामको स्थानीयलाई सहज र सुलभ रुपमा सेवा दिनुपर्नेमा जोड दिए ।
पालिका अध्यक्ष पौडेलले आँखाको समस्या धेरै देखिएकोले स्थानीय जनताको उपचारको लागि भैरहवामा आँखा अस्पताल र रगतको लागि बुटवलमा रेडक्रससँग सम्झौता भएको बताए । उनले सुर्यपुरा बहुमुखी क्याम्पस गैडहवा स्वास्थ्य क्षेत्र लगायतलाई प्राथमिकता दिंदै दुईवटा एम्बुलेन्स सेवा, गैडहवा तालको विकास, यशोधरा पार्क वडा नम्बर ९ मा स्वास्थ्य चौकी निर्माण भएको जानकारी दिदै विकासमा सबै जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी एकैठाउँ हुनुपर्ने बताए । उनले स्थानीय उत्पादनसँगै स्थानीय आयश्रोत बढाउन सबैको ध्यान हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माधुरी जैसवाल, प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतम लगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij