२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

क्लाइम्बिङ स्पोर्टस् एशोसिएशन बागमती र काठमाडौं उपत्यका कमिटीको नयाँ कार्यसमिति चयन

आइतवार , पौष २१, २०८१

काठमाडौं, २१ पुस । नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएसन अन्तर्गत बागमती प्रदेश कमिटी र काठमाडौं उपत्यका कमिटीको नयाँ कार्यसमिति चयन भएको छ । दुवै कमिटीमा ९–९ सदस्यीय कार्यसमिति निर्वाचित भएका छन् ।

बागमती प्रदेश कमिटीको अध्यक्षमा कल्पना महर्जन चयन भएकी छन् भने उपाध्यक्षमा रविन्द्र महर्जन र सुरज बस्नेत निर्वाचित भएका छन् । त्यस्तै सचिवमा नवीना गुरुङ र कोषाध्यक्षमा डोमा तामाङ चयन भएका छन् । सदस्यमा दावा टासी शेर्पा, चन्द्र कृष्ण चक्रधर र मनिष महर्जन निर्वाचित भएका छन् ।

काठमाडौं उपत्यका कमिटीको अध्यक्षमा रुपेश अधिकारी चयन भएका छन् । उपाध्यक्षमा श्रीधर पौडेल र बुद्धिराम शर्मा निर्वाचित भएका छन् । त्यसै गरी सचिवमा सुवास सुवेदी, कोषाध्यक्षमा हरिभक्त महर्जन र सदस्यमा शोभा सापकोटा थापा, विजय प्रसाद बस्याल, जित बुधवार र गंगा थापा मगर निर्वाचित भएका छन् ।

शनिबार आयोजित कार्यक्रममा निर्वाचित कमिटीले सपथग्रहण गरेको छ । ललितपुरको ज्वागलमा आयोजित कार्यक्रममा प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव दीपक लामा तामाङ, नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएसनका अध्यक्ष रमेश पौडेल लगायत अन्य खेलकुद संघका पदाधिकारीहरुको उपस्थिति थियो ।