२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

कृषिको अनुदान क–कसले पाए खोजी गरी सार्वजनिक गर्छौं : अध्यक्ष तिमिल्सिना

बिहिवार , पौष १८, २०८१

  • 754
    Shares
  • 754
    Shares
  • बुटवल, १८ पुस । नेपाल किसान महासंघका अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले सरकारी अनुदानको कसले लिएको छ सबै खोज्ने बताएका छन् । किसानलाई दिने अनुदान दुरुपयोग हुने प्रवृति बढ्दै गएको भन्दै उनले बिचौलियाको हातमा अनुदान जानबाट रोक्न कडा कदम चाल्ने बताए । 

    रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले बिहीबार गरेको साक्षात्कार कार्यक्रममा राष्ट्रिय किसान सञ्जालका अध्यक्ष समेत रहेका तिमिल्सिनाले अनुदान लिनेहरुको रेकर्ड खोजेर आम समुदाय र पत्रकारमाझ सार्वजनिक गर्ने चेतावनी दिए । उनले किसानको हकअधिकारविरुद्ध कुनै पनि सरकारसँग पनि साँठगाठ नगर्ने ठोकुवा गरे । ‘मेरो आफ्नै पार्टीको सरकार हुँदा किसानको हकअधिकारविरुद्ध मैले कुनै सम्झौता गरेको छैन ।’ उनले भने ‘किसानको अधिकार हनन भए जुनसुकै प्रतिरोध गर्न पनि तयार छु ।’ 

    सञ्जालको अध्यक्ष भएपछि आफूले किसानलाई धानको मूल्य दिलाएको, कालीमाटी तरकारी तथा फलफूल बजारकोे लथालिङ र मोनोपोली अवस्था सुधार गरेको तिमिल्सिनाले जानकारी दिए । ‘कालिमाटीमा वाइसिएलको रजगज थियो । मेरै नेतृत्वमा उनीहरुलाई हटाएर व्यवस्थित बनाएका छौं ।’ उनले भने ।

    तिमिल्सिनाले लम्की स्किनबाट पीडित किसानको लागि क्षतिपूर्ति र बीमाको लागि लडेको, किसानले पाउने दुध र उखँको मूल्यको लागि कडा संघर्ष गरेको बताए । किसान महासंघका अध्यक्ष तिमिल्सिनाले आन्दोलन र दबाबको नाममा कृषि उत्पादन सडकमा नफाल्न किसानलाई आग्रह समेत गरे । विक्री नभएमा गरिब र विपन्न परिवारलाई दिन उनले अनुरोध गर्दै बढ्दो रासायनिक र विषादी प्रयोगले धेरै नागरिककमा क्यान्सर जस्तो घातक रोगको संख्या बढ्दै गएकाले राज्यले समयमै जिम्मेवार भएर नियन्त्रण गर्न सुझाव दिए ।

    उनले कृषिमा यान्त्रिकरण गरेर युवा पलायनलाई रोक्न विदेशको नीति भन्दा देशको भूगोलको अवस्था अध्ययन गरेर कृषि नीति बनाएर रोक्न तर्फ सम्बन्धित मन्त्रालयले ध्यानदिनुपर्ने औंल्याए ।  

    तिमिल्सिनाले किसान महासंघको महाधिवेशन जुनसुकै हालतमा हुने दावी गरे । नेपाली कांग्रेसले अधिवेशन गर्न भनेमा आजको ३०–३५ दिन भित्र अधिवेशन गर्न आफू तयार रहेको बताए । महासंघ र राष्ट्रिय किसान सञ्जालको आफूले नेतृत्व गरिसकेकाले पदको लोभ नभएको भन्दै पदको लोभमा कार्यकाल नलम्ब्याउने तिमिल्सिनाले बताए । कार्यक्रम रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।