२०८३, आषाढ २४ गते

Jul 08 2026 | २०८३, आषाढ २४ गते

भाइरल बालगायक सचिन परियारकाे निधन

बिहिवार , पौष १८, २०८१

  • 775
    Shares
  • 775
    Shares
  • काठमाडौं, १८ पुस । बालगायक सचिन परियारको निधन भएको छ। भाइरल बाल गायककाे रुपमा उदाएका परियारकाे उपचारका क्रममा निधन भएकाे हाे ।

    महाराजगञ्जस्थित टिचिङ अस्पतालमा बुधबार भर्ना भएका उनको बिहीबार बिहान करिब १० बजे निधन भएको उनका बुवा तेजेन्द्र परियारले जानकारी दिए।

    सचिनको स्वास्थ्य अवस्थामा समस्या आएको र टिचिङ अस्पतालमा उपचार भैरहेको थियो। उनको उपचार लागि रकम आवश्यकता भएको भन्दै उनको परिवारले केही समयअघि देखि आर्थिक सहयोगको मागसमेत गरेको थियो।

    उपचारको क्रममा उनको निधन भएको  हो। उनको निधन भएको पुष्टि अस्पतालले पनि गरेको छ।