२०८२, फाल्गुण १३ गते

Feb 25 2026 | २०८२, फाल्गुण १३ गते

भारतमा सम्पन्न अन्तर्राष्ट्रिय खुल्ला कराते च्याम्पियनसीपको उपाधि नेपाललाई

आइतवार , पौष १४, २०८१

  • 700
    Shares
  • 700
    Shares
  • महाराष्ट्र, पुणे (भारत), १४ पुस । भारतको महाराष्ट्र प्रदेशस्थित पुणे शहरमा आयोजित अन्तर्राष्ट्रिय खुल्ला कराते च्याम्पियनसीपको उपाधि नेपालले जितेको गरेको छ । भारतको पुणेस्थित खेलकुद विभाग केन्द्रमा सम्पन्न प्रतियोगिता अन्तर्गत नेपालले विभिन्न उमेर र तौल समूहका गरी १७ स्वर्ण पदक जितेर उपाधि हासिल गर्न सफल भएको हो । त्यस्तै नेपालकोतर्फबाट विभिन्न उमेर र तौल समूहमा प्रतिष्पर्धा गरेका खेलाडीमध्ये ५ रजत र २ कास्य पदक प्राप्त गरेका छन् । 

    प्रतियोगितामा नेपालका खेलाडी रिमा कुमालले ६८ किलो २१ वर्ष उमेर समूहमा प्रतिष्पर्धा गर्दा नकआउटमा भारत र श्रीलंकाका प्रतिष्पर्धीलाई हराउँदै स्वर्ण पदक हात पार्न सफल भएकी थिइन् । 

    त्यस्तै नेपालका खेलाडी विपिन राना ५० किलो २८ वर्ष उमेर समूहमा स्वर्ण, शाहिल गुरुङले ५५ किलो समूह, बुद्धि तामाङ, नेहा श्रीस, रजिना दर्लामी, निखिल कुमाल, दिवश आले, मोहित थापा, अमिशा पोखरेल, दिया छन्तेल, समिक्षा दर्लामी, आदित्य गुरुङ, प्रविन भट्टराई, आकृति छनत्यालले स्वर्ण पदक जित्न सफल भएका छन् । 

    प्रतियोगितामा भारतले १६ स्वर्ण, २९ रजत र ६१ कस्य पदक प्राप्त गरी द्वितीय स्थान हासिल गर्न सफल भएको छ । त्यस्तै श्रीलंकाले ६ स्वर्ण ५ रजत र १५ कास्य पदक प्राप्त गरी तृतीय स्थान हासिल गरेको छ ।

    यसअघि नेपालको तर्फबाट उत्कृष्ट काता प्रदर्शन गरेका १० वर्षमुनी समूहका सिद्वार्थ रानाले स्वर्ण पदक हात पारेका थिए । त्यस्तै उत्कृष्ट काता प्रदर्शन गरेका ६ नेपाली खेलाडीले पनि आइतबार स्वर्ण पदक जित्न सफल भएका छन् ।

    विजयी खेलाडीलाई प्रतियोगिताको आयोजक संस्थाकातर्फबाट भारतीय राष्ट्रिय कराते संघका महासचिव राजु थापाले शिल्ड तथा प्रमाणपत्र वितरण गरेका थिए । भारतीय राष्ट्रिय कराते संघको आयोजनामा भएको प्रतियोगितामा नेपाल, भारत, श्रीलंका लगायतका विभिन्न उमेर समूहका १ सय भन्दा बढी खेलाडी सहभागी रहेको थापाले जानकारी दिए ।

    प्रतियोगितामा जापान गोजुरियो कराते डो मिसन संघ, नेपालकोतर्फबाट विभिन्न तौल र उमेर समूहका १८ जना महिला तथा पुरूष खेलाडी सहभागी रहेको संस्थाका अध्यक्ष के.बी. रानाले बताए । नेपाली प्रतियोगी खेलाडीहरूको प्रदर्शनले च्याम्पियनसीपको उपाधि हात पार्न सफल भएको उनले बताए ।