२०८२, पौष २७ गते

Jan 11 2026 | २०८२, पौष २७ गते

तेक्वान्दो कर्बड हल निर्माणमा लागिपरेका छौं : उपप्रमुख अधिकारी

आइतवार , पौष १४, २०८१

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • भैरहवा, १४ पुस । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले खेल क्षेत्रको विकासका लागि तेक्वान्दो कर्भड हल निर्माणलाई पूर्णता दिन लागिपरेको बताएकी छन् । 
    शनिबार सियारीमा भैरहवा तेक्वान्दो क्लबको तेस्रो साधारण सभामा बोल्दै उपप्रमुख अधिकारीले यस्तो बताएकी हुन् । उनले बजेट अभावका कारण ढिलासुस्ती भएता पनि स्थानीय सरकारको टीम खेलप्रेमी भएकाले हल निर्माण हुने कुरामा विश्वस्त हुन आग्रह गरिन् ।

    त्यस्तै भैरहवा तेक्वान्दो क्लबका अध्यक्ष एकनारायण अर्याल (विष्णु) ले भैरहवा तेक्वान्दो क्लबको कर्बड हललाई पूर्णता दिइने बताए । उनले यो क्लबका खेलाडीले अन्तर्राष्ट्रियस्तरका खेलमा समेत विजयी भइ देशकै गरिमा बढाएको बताए ।

    कार्यक्रममा नेकपा (एमाले) सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापा, सिद्धार्थनगर नगरपालिका–५ का अध्यक्ष पुरन प्रसाद श्रेष्ठ, क्लबका भवन निर्माण समिति संयोजक ऋषिकेश अग्रवाल, संस्थाका कानूनी सल्लाहकार केशव चौधरी, क्लबका सदस्यहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन क्लबका सचिव प्रकाशमान राजभण्डारीले गरेका थिए ।
    साधारण सभामा क्लबका अध्यक्ष अर्यालले वार्षिक र कोषाध्यक्ष दीपक न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।