
सोमवार , पौष ८, २०८१
भैरहवा, ८ पुस । रुपन्देहीको सियारी गाउँपालिकाको आयोजनामा पाँचौं सियारी शैक्षिक महोत्सव तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ ।
गाउँपालिका भित्रका सामुदायिक तथा सस्थागत बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको शैक्षिक तथा शारिरिक बिकासमा लिक्षत गरेर राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता गर्न लागिएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । पुष ९ गते देखि १२ गते सम्म सियारी ५ पब्लिक माध्यमिक बिद्यालयमा हुने प्रतियोगिताको तयारी पुरा भएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।
विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिएको गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद बिकास शाखा प्रमुख सुधीर पौडेलले जानकारी दिए ।
प्रतियोगितामा सियारी गाउँपालिका भित्रका २५ सामुदायिक, ६ सस्थागत र २ मदरसा सहित ३३ बिद्यालयको सहभागिता रहने छ । प्रतियोगिता अन्तरगत बिभिन्न विधामा खेल हुने छन् भने साहित्यिक बिधामा पनि प्रतिस्पर्धा हुने जनाईएको छ ।
प्रतियोगितामा खेल बिधा तर्फ दौड, भलिवल, कवड्डी, लङजम्प, हाइजम्प, ज्याभलिन थ्रो, गणित दौड हुने छन् भने साहित्य बिधा तर्फ चित्रकला प्रतियोगिता, निवन्ध प्रतियोगिता, नेपाली र अंग्रेजी हस्त लेखन, अग्रेजी हिज्जे, वत्तृत्वकला, हाजिरीजवाफ लगाएतका कार्यक्रम हुने छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij