२०८३, आषाढ २४ गते

Jul 08 2026 | २०८३, आषाढ २४ गते

स्व. मानबहादुर स्मृति खुल्ला फुटसलको उपाधि हिमालयन एफसीलाई

शनिवार , पौष ६, २०८१

  • 913
    Shares
  • 913
    Shares
  • बुटवल, ६ पुस ।  स्वर्गीय मान बहादुर विश्वकर्माको स्मृतिमा शिव श्रीराम गुल्मेली सुनचाँदी पसलमो प्रायोजन र बुटवल नमुना क्लब (मण्डे एफसी) बुटवलको आयोजनामा जारी खुल्ला फुटसल प्रतियोगिताको उपाधि हिमालयन एफसीले हात पारेको छ । अभिषेक चर्जले ४ गोल गर्दै हिमालयन एफसी काठमाण्डौ प्रथम भएको हो । प्रथम हुँदै हिमालनय एफसीले नगद रु. १ लाख १ हजार १ सय ११ नगदसहित ट्रफि हात पारेको हो । २ का विरुद्ध ४ गोल गर्दै हिमालयनले उपाधि जितेको हो ।

    प्रतियोगितामा उपविजेता भएको अभिषेक चर्जले नगद रु. ५० हजार १ सय ११ प्राप्त गर्यो । प्रतियोगितामा बेस्ट प्लेयर अभिषेक चर्ज नवलपरासी सुभराज महत भए । उनले नगद रु.५ हजार पुरस्कार समेत पाए । 

    त्यस्तै बेस्ट गोलकिपर हिमालयन एफसी काठमाडौं दिपेश श्रेष्ठ, उत्कृष्ट खेलाडी देवदह ब्याइज सुरज चौधरी भए । उनीहरु ५÷५ हजार नगदसहित पुरस्कृत भएका हुन् । 
    प्रतियोगितामा सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा. भैरहवा, रुपन्देहीका  गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगर, क्लबका कार्यबाहक अध्यक्ष रवि विश्वकर्मा, खेल संयोजक सुरज थापा लगायतले विजयी टीमलाई पुरस्कार प्रदान गरेका थिए । 

    साथै प्रतियोगितामा खेल खेल्ने क्रममा घाइते भएका पूर्व राष्ट्रिय फुटसल खेलाडी विक्रम सेन ठकुरीलाई नगद रु. २१ हजार १ सय २० रुपैयाँ सहयोग गरिएको क्लबका कोषाध्यक्ष हरि पोखरेलले जानकारी दिए । 

    योगीकुटीस्थित स्वर्णिम फुटसलमा आयोजना भएको प्रतियोगितामा काठमाडौंसहित रुपन्देही, नवलपरासी गरी २० टीमले भाग लिएका थिए ।  

    प्रतियोगितामा जिल्ला बाहिरबाट सहभागी बाहिर टीमलाई आवासीय सुविधा समेत प्रदान गरिएको थियो । कार्यक्रममा आर्थिक अवस्था कमजोर भएका खेलाडीसहित विद्यार्थीहरुलाई  ३० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग समेत प्रदान गरिएको थियो । 

    साथै क्लबले अन्तर्राष्ट्रिय रेफ्रि विष्णु प्रसाद पौडेलाईसम्मान गरेको छ ।  उक्त कार्यक्रमा राष्ट्रिय खेलाडि दिलिप क्षेत्रीलाई सम्मान–पत्रले सम्मान गरिएको थियो । साथै प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सहयोगीे दाताहरुलाई प्रशंसा–पत्रले सम्मान गरिएको थियो ।