images
images

शुक्रवार, जेठ ४ गते २०८१

विकास नागरिक केन्द्रीत हुन नसके मुलुक बन्दैन : घनश्याम भुसाल

विकास नागरिक केन्द्रीत हुन नसके मुलुक बन्दैन : घनश्याम भुसाल

images
images
images
शुक्रवार, फाल्गुण २८ २०७७
शुक्रवार, फाल्गुण २८ २०७७
  • विकास नागरिक केन्द्रीत  हुन नसके  मुलुक बन्दैन : घनश्याम भुसाल

    भैरहवा, २८ फागुन ।
    प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले विकास नागरिक केन्द्रीत हुन नसके मुलुकको विकास हुन नसक्ने बताएका छन् । उनले सडक, भ्यू टावर मात्र बनाएर मुलुकको विकास हुन नसक्ने बताए ।

    images
    images
    images

    सिद्धार्थनगर नगरपालिका, रुपन्देहीको आयोजनामा शुक्रबारदेखि भैरहवामा सुरु भएको उपप्रमुख दोस्रो महिला कप–२०७७ को उद्घाटन गर्दै भुसालले भने, ‘जीवन, मान्छेको कुरा नगर्ने प्रवृत्ति छ, मान्छे त्यसमा पनि अझ बालबालिकाको कुरा गरिएन, बाटो आवश्यक नभएको ठाउँमा ठूलो बाटो बनाउने कामले मात्र विकास हुन सक्दैन, नागरिक केन्द्रीत विकास हुन आवश्यक छ ।
    उनले तीनै तहका सरकार मिलेर अगाडी बढे १०–१५ वर्षमा मुलुकको मुहार फेर्न सकिने बताए ।

    ‘अहिले हाम्रो ध्यान बालिबालिकाको विकासमा जानुपर्छ, गुणस्तरीय शिक्षाका साथै मानसिक र शारीरिक विकासको आवश्यकता छ, ’भुसालले भने । छिमेकी मुलुक चीन र भारत विकासमा अगाडी बढेकोले अब गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

    संविधानले सबै जनताका अधिकार र दायित्व सुनिश्चत गरेकोले संविधान कार्यान्वयन र अधिकारको व्यवस्थापन गर्न सके मुलुकको कांचुली फेर्न सकिने उनले बताए । मुलुकको कांचुली फेर्ने संकल्प तीनै तहकाा सरकारले लिएको उनको भनाइ छ । सिद्धार्थनगर नगरपालिकाले आयोजना गरेको उपप्रमुख दोस्रो महिला कप–२०७७ नगरको विकासको कडी भएको भुसालले बताए । उनले यो प्रतियोगिता ठूलो नलागे पनि लामो श्रृंखलाको कडी भएको बताए ।

    त्यस्तै संविधानसभा सदस्य आदित्य नारायण कसौधनले शिक्षा जस्तै खेलकुद क्षेत्रको विकास पनि आवश्यक रहेको बताए । उनले खेलकुदलाई प्रोत्साहन गर्ने कार्य प्रशंसनीय रहेकोे बताए । खेलकुदको माध्यमबाट देशलाई आर्थिक रुपमा मजबुत बनाउन सकिने उनको भनाइ छ ।

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले खेलकुद क्षेत्रको जर्गेना गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताए । उनले खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई चिनाउन सकिने बताए ।
    उपप्रमुख दोस्रो महिला कप–२०७७ का संयोजक विष्णु प्रसाद पन्थीले खेलकुद क्षेत्रलाई अगाडी बढाउन विद्यालयस्तरबाट नै खेलकुदको विकास गर्नुपर्ने बताए ।

    सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेको अध्यक्षता, नगरपालिकाका शिक्षा शाखा प्रमुख चेतनशिल लम्सालको स्वागत तथा सामूहिक विद्यालय परिवार, रुपन्देहीका सचिव युवराज पोख्रेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । संघीय प्रहरी इकाई कार्यालय, शान्तिनगर भैरहवाको खैलमैदानमा सुरु भएको प्रतियोगिता चैत १ गतेसम्म चल्नेछ । प्रतियोगितामा २८ विद्यालयका छात्राहरुको सहभागिता रहेको सामूहिक विद्यालय परिवार, रुपन्देहीका अध्यक्ष गम्भिर गुरुङले बताए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij