२०८२, पौष २७ गते

Jan 11 2026 | २०८२, पौष २७ गते

लुम्बिनी खुकुरी क्लबको अध्यक्षमा महेश थापा

सोमवार , पौष १, २०८१

  • 997
    Shares
  • 997
    Shares
  • भैरहवा, १ पुस । लुम्बिनी खुकुरी क्लब, भैरहवाको अध्यक्षमा महेश थापा सर्वसम्मत निर्वाचित भएका छन् । क्लबको वार्षिक साधारण तथा ८ औं अधिवेशनले अध्यक्षमा थापालाई निर्वाचित गरेको हो । क्लबको उपाध्यक्षमा धिरेन्द्र केसी, सचिवमा ओजश शर्मा, कोषाध्यक्षमा उमेश पोखरेल, सह–सचिवमा नन्दन श्रेष्ठ, सदस्यहरुमा अशोक क्षेत्री, अन्तिम थापा, सुनिल यादव, राजु बस्नेत र सिजन थापा पनि निर्वाचित भएका छन् ।

    साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले लामो इतिहास बोकेको संस्थालाई निरन्तर रुपमा अघि बढाउनु आजको आवश्यकता रहेको बताए । ‘क्लबले खेलाडी उत्पादनदेखि सामाजिक कार्यमा धेरै सक्रियता देखाएको छ’, उनले भने, ‘समाजमा अझै सकारात्मक असर पर्ने खालका काममा मेरो पनि निरन्तर सहकार्य रहनेछ ।’

    नवनिर्वाचित अध्यक्ष महेश थापाले क्लबको गरिमालाई उच्च राख्ने गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै नयाँ कार्ययोजनाका साथ आफूहरु अघि बढ्ने बताए । त्यस्तै लुम्बिनी खुकुरी क्लबका अध्यक्ष रामु बस्नेतले क्लबको गरिमा बढाउन आगामी नेतृत्वलाई राम्रो काम गर्न आग्रह गरे । संस्थापक अध्यक्ष दीपक शर्माले २०२७ सालमा स्थापना भएको यो संस्था हाल राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनमा भूमिका खेल्दै आएको बताए ।

    कार्यक्रममा क्लबका पूर्वअध्यक्ष, निजी क्षेत्रका प्रतिनिधि, सामाजिक, राजनीतिक दलका नेता एवं प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।