२०८३, आषाढ २४ गते

Jul 08 2026 | २०८३, आषाढ २४ गते

बुद्ध टेलिभिजनद्वारा महासंघमा निर्वाचित पत्रकारहरुलाई सम्मान

आइतवार , मंसिर ३०, २०८१

  • 949
    Shares
  • 949
    Shares
  • बुटवल, ३० मंसिर । मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको अधिवेशनमा केन्द्र, प्रदेश र जिल्लामा विभिन्न पदमा निर्वाचित पत्रकारहरूलाई बुद्ध सामुदायिक टेलिभिजनले शुक्रबार सम्मान गरेको छ । सम्मानित हुनेमा केन्द्रीय सदस्यमा रामराज पोख्रेल, लुम्बिनी प्रदेश परिषद सदस्यमा कपिल ज्ञवाली, छाया पन्थ, रुपन्देही जिल्ला कार्यसमिति सदस्य कल्पना डुम्रे ज्ञवाली, ललित कुमार पाण्डेय, रबिन्द्र प्रताप गुप्ता, राम भण्डारी, दिनेश कुमार श्रेष्ठ र अनिता चौधरी छन् ।

    कार्यक्रममा टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले पत्रकारिता गर्दा निष्पक्ष र समुदाय केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । ‘पत्रकारले सधैं निष्पक्ष भएर जनतालाई सत्यतथ्य जानकारी दिनुपर्छ, ’उनले भने ।

    नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा बुद्ध सामुदायिक टेलिभिजनका सल्लाहकार रामराज पोख्रेलले निर्वाचित हुनुभन्दा बढी कार्यकालको सफलता र प्रभावकारीतामा जोड दिए । ‘समाजमा सकारात्मक परिवर्तन ल्याउन पत्रकारहरूले आफ्नो कार्यकाललाई जिम्मेवारीपूर्ण बनाउनुपर्छ,’ उनले भने ।

    वरिष्ठ पत्रकार हरिश ढकालले निर्वाचित पत्रकारहरूलाई महासंघ र पत्रकारिताको मर्यादा कायम राख्नका लागि गम्भीरताका साथ काम गर्न सुझाव दिए ।

    कार्यक्रममा टेलिभिजनका उपाध्यक्ष गोपाल ज्ञवाली, सचिव जेबी गुरुङ, प्रमुख कार्यकारी अधिकृत कपिल ज्ञवाली लगायतले भनाइ राखेका थिए । बुद्ध टेलिभिजनका १७ जना पत्रकारहरु महासंघको अधिवेशनबाट निर्वाचित भएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिए ।