२०८३, भाद्र १३ गते

Aug 29 2026 | २०८३, भाद्र १३ गते

तिलोत्तमाको बेवरामा श्रीमदभागवत एवं श्रृंगारिक महाआरती सुरु

बिहिवार , मंसिर २७, २०८१

  • 805
    Shares
  • 805
    Shares
  • तिलोत्तमा, २७ मंसिर । रुपन्देहीको तिलोत्तमामा बुधबारदेखि श्रीमदभागवत एवं श्रृंगारिक महाआरती २०८१ देखि सुरु भएको छ । गरिमा टोल विकास संस्था, तिलोत्तमा–१० बेवराको आयोजनामा भएको महाआरतीको तिलोत्तमा नगरपालिकाकी उप्रमुख जगेश्वर देवी चौधरीले शुभारम्भ गरेकी हुन् ।

    पुस २ गतेसम्म सञ्चालन हुने महाआरतीको शुभारम्भ गर्दै उपप्रमुख चौधरीले सामूहिकतामा गरिने हरेक पवित्र कार्यहरु सदैव सफल हुने बताइन् । सामाजिक एकता र सदभाव कायम गर्न समुदायमा गरिने सामूहिक नेतृत्व र कार्यलाई निरन्तरता दिनुको विकल्प नभएको उल्लेख गर्दै उनले गरिमा टोल विकासबाट सञ्चालन भइरहेका हरेक क्रियाकलापहरुलाई नजिकबाट नियालिरहेको बताइन् ।

    प्रमुख कथा वाचक आदीयोगी गौतम स्वामीद्वारा कथा वाचन हुने श्रीमदभागवत एवं श्रृंगारिक महाआरती २०८१ को उद्घाटन समारोह टोल विकास संस्थाका अध्यक्ष राजेश यादवको अध्यक्षता, महेश यादवको स्वागत तथा राज चौधरीको सञ्चालमा सम्पन्न भएको थियो ।

    WhatsApp Image 2024-12-12 at 9.53.59 AM.jpeg