२०८३, आषाढ ६ गते

Jun 20 2026 | २०८३, आषाढ ६ गते

लायन्स बुटवल हार्टद्वारा शुद्धोधनमा बृहत स्वास्थ्य शिविर

शनिवार , मंसिर २२, २०८१

  • 844
    Shares
  • 844
    Shares
  • बुटवल, २२ मंसिर । लायन्स क्लब अफ बुटवल हार्टको आयोजनामा रुपन्देहीको शुद्धोधन गाउँपालिकामा बहृत स्वास्थ्य शिविर कार्यक्रम भएको छ । शुद्धोधन–५ स्थित मानपकडी स्वास्थ्य चौकीमा शुक्रबार शिविर सम्पन्न भएको हो ।

    कार्यक्रमको उद्घाटन गर्दैै बोल्दै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी), नेपालका गनर्भर पुरुषोत्तम भक्त प्रधानाङ्गले निःशुल्क स्वास्थ्य शिविरमा लायन्सको नियमित कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवाबाट वञ्चित रहेका ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको बताए । उनले आगामी दिनमा पनि शुद्धोधन गाउँपालिकासँग हातेमालो गरी पालिकामा स्वास्थ्य र शिक्षासम्बन्धी लगायत कार्यक्रम गरिने बताए । 

    शुद्धोधन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले लायन्स क्लब अफ बुटवल हार्टले घरदैलोमै स्वास्थ्य सेवामूलक निःशुल्क शिविर कार्यक्रम गरेको भन्दै धन्यवाद व्यक्त गरिन् । उनले आगामी दिनहरूमा लायन्स क्लब र शुद्धोधन गाउँपालिकाले साझेदारीमा बृहत कार्यक्रम गरिने जानकारी दिइन् ।

    WhatsApp Image 2024-12-06 at 7.39.22 PM.jpeg

    शुद्धोधन गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ४ का अध्यक्ष केशवप्रसाद अधिकारी वडा नम्बर ५ का अध्यक्ष चन्द्रभान चौधरीले लायन्स बुटवल हार्टले विगतका वर्षदेखि शुद्धोधन गाउँपालिकाका विभिन्न वडाहरुमा निःशुल्क स्वास्थ्य शिविर, वृक्षारोपण लगायतका कार्य गर्दै आएको बताए ।

    शिविरमा डी.एस.टी. परीक्षण २६७ जना र पी.एफ.टी. सेवा १९१ जना बिरामीहरूले निःशुल्क स्वास्थ्य चेक जाँच र निःशुल्क औषधी प्राप्त गरेको शुद्धोधन स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीले बताए ।

    शिविरमा मानसिक रोग विशेषज्ञ, हाडजोर्नी विशेषज्ञ, महिला तथा स्त्रीरोग विशेषज्ञ, जनरल फिजिसियन सेवा, मधुमेह (सुगर) परीक्षण लगायत गरी ५०१ जना सेवाग्राहीले सेवा लिएका थिए ।

    क्लबका अध्यक्ष लायन प्रविन्द्र गोविन्द श्रेष्ठको अध्यक्षता तथा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी), नेपालका गनर्भर पुरुषोत्तम भक्त प्रधानाङ्गको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।