
बुधवार , मंसिर १९, २०८१
भैरहवा, १९ मंसिर । लुम्बिनी निर्माण व्यवसायी संघ जिल्ला कार्यसमिति, रुपन्देहीले विभिन्न कार्यक्रम गरी १७ औं निर्माण दिवस–२०८१ मनाउने भएको छ । दिवसको पूर्व संध्यामा यही मंसिर २१ गते साँझ ६ बजे भैरहवास्थित संघको परिसरमा दीप प्रज्ज्वलन गरिने अध्यक्ष मन्जु भुसालले बताइन् ।
त्यस्तै मंसिर २२ गते बेलुकी ५ बजे तिलोत्तमा नगरपालिका–१५ कोटिहवास्थित नेपाल अविनाश अनाथ आश्रममा खाद्यान्न तथा न्यानो कपडा वितरण एवं खाना खुवाउने कार्यक्रम रहेको संघका महासचिव प्रितम रौनियारले बताए ।
त्यसै गरी मंसिर २३ गते बिहान ८ बजे लुम्बिनी निर्माण व्यवसायी संघ परिसरमा रक्तदान कार्यक्रम गरिने महासचिव रौनियारले जानकारी दिए ।
हरेक वर्ष मंसिर २२ गतेका दिन निर्माण दिवस मनाउने गरिन्छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij