२०८३, जेठ ७ गते

May 21 2026 | २०८३, जेठ ७ गते

संघीयताको सबलीकरणमा मिडियाको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री आचार्य

मंगलवार , मंसिर १८, २०८१

  • 865
    Shares
  • 865
    Shares
  • दाङ, १८ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सबलीकरणका लागि मिडिया क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष शमिरजंग शाहको नेतृत्वमा रहेको एक प्रतिनिधि मण्डलसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय राप्ती उपत्यका देउखुरीमा मंगलबार भएको भेटमा मुख्यमन्त्री आचार्यले संघीयतालाई बलियो बनाउने गरी मिडिया क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गरिरहेको, अझै प्रदेश सरकारबाट सम्पादन भएका काम र असल अभ्यासहरुलाई नागरिक माझ पुर्याउन जोड दिए ।

    ‘प्रदेश स्थापना भएदेखि नै मिडिया क्षेत्रसँग सहकार्य भइरहेको छ । प्रदेशको सम्भावना र सम्पादन भएका कामले जनस्तरमा पु¥याएको योगदानलाई बाहिर ल्याउन जरुरी छ’उनले भने,‘सुशासन, पारदर्शीता र जवाफदेहीताको लागि मिडिया क्षेत्रबाट अझै भूमिका बढाउनुपर्नेछ । यसका लागि प्रदेश सरकार मिडिया क्षेत्रसँग सहकार्य गरेर साथसाथै अघि जान चाहन्छ ।’ 
    भेटमा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष शमिरजंग शाहले सार्वजनिक प्रशारण संस्था गठन गरेर नयाँ ढंगले नेपाल टेलिभिजन र रेडियो नेपाल अगाडि बढेको, आगामी दिनहरुमा पनि प्रदेश सरकारसँग सहकार्य गरेर जाने बारेमा जानकारी गराएका छन् । 

    भेटमा एनटिभी कोहलपुरका प्रमुख विजय कुमार वर्मा लगायतको सहभागीता रहेको थियो ।