२०८२, आश्विन २५ गते

Oct 11 2025 | २०८२, आश्विन २५ गते

सिद्धार्थनगर–४ : वडाअध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

आइतवार , मंसिर १६, २०८१

  • 988
    Shares
  • 988
    Shares
  • भैरहवा, १६ मंसिर । सिद्धार्थनगर नगरपालिका ४ नम्बर वडा कार्यालय, रुपन्देहीको आयोजनामा आइतबारदेखि वडाअध्यक्ष कप टेनिस बल लिग क्रिकेट प्रतियोगिता सुरु भएको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा सुरु भएको प्रतियोगिताको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले उद्घाटन गरेका हुन् । 

    सो अवसरमा बोल्दै नगरप्रमुख खाँले सिद्धार्थनगर क्रिकेटको उर्वरभूमि भएको बताए । उनले भने, ‘खेलाडीमा धैर्यता, खेलप्रतिको भावना र मिहिनेत आवश्यक छ ।’ उनले स्वास्थ्यका लागि खेलकुद आवश्यक रहेकोमा जोड दिए ।

    त्यस्तै पूर्व नगरप्रमुख सागर प्रताप राणाले खेल जगतमा सिद्धार्थनगर अझै अगाडि बढ्ने सके आफूहरु अझै हर्षित हुने बताए ।

    कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता एवं सिद्धार्थनगर–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव, २ का अध्यक्ष छेदीलाल श्रीवास्तव, ६ का अध्यक्ष विरेन्द्रनाथ श्रीवास्तव, ७ का अध्यक्ष दामोदर शर्मा घिमिरे, सिद्धार्थनगर–४ का वडा सदस्य हरि बहादुर के.सी. लगायतले भनाइ राखेका थिए ।

    रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोगमा बुधबारसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा टीमको सहभागीता रहेको वडा सदस्य तथा कार्यक्रम संयोजक सईद अहमद धुनियाले बताए ।
    सहभागी टीममा दोगहरा युथ फोर्स, भवानी पथ, मुक्तिधाम क्रिकेट क्लब, दोगहरा फ्रन्ट्रस, दोगहरा वारियर्स क्लब, एअरपोर्ट एभेन्जर्स, टिम तुफान, उद्योगपुरी क्रिकेट क्लब, न्यू गौतमबुद्ध स्र्पोटिङ क्लब, कचरहिवा युवा क्लब, एअरपोर्ट युवा क्लब र वडा नम्बर ४ जनप्रतिनिधि तथा कर्मचारी परिवार रहेका छन् ।