२०८२, पौष २५ गते

Jan 09 2026 | २०८२, पौष २५ गते

संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन आपसी सहकार्यमा जोड

शनिवार , मंसिर १५, २०८१

  • 991
    Shares
  • 991
    Shares
  • बुटवल, १५ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँबीच भेटवार्ता भएको छ । शनिबार रुपन्देहीको बुटवलमा भएको भेटवार्तामा संघीयता कार्यान्वयन र समन्वयलाई प्रभावकारी बनाउने बारेमा कुराकानी भएको छ । 

    अन्तरप्रदेश बीचमा असल अभ्यास र सिकाईहरुलाई आदानप्रदान गर्दै संघीयता कार्यान्वयनको पक्षलाई बलियो बनाउने, विकास परियोजना र कतिपय सामाजिक मुद्दाहरुको बारेमा समेत साझा नीति अवलम्बन गरेर अघि जान सकिने बारेमा मुख्यमन्त्री आचार्यले भनाइ राखेका छन् ।

    प्रदेशलाई बलियो बनाउने गरी अधिकारहरुको प्रत्यायोजन, कार्यान्वयन र सहकार्यलाई बलियो बनाउने गरी प्रदेश सरकारले भूमिका प्रभावकारी बनाउँदै लगेको, बनेका नीति नियमहरुको कार्यान्वयन गर्दै भ्रष्टाचार नियन्त्रण गर्न सरकरले अघि बढाएका योजनाको बारेमा जानकारी गराएका थिए ।

    ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेशको आकांक्षा पूरा गर्न प्रदेश सरकारले आफ्नो भूमिकाहरु बढाउँदै लगेको छ । नीतिगत सुधार गर्दै हालसम्म बनेका ऐन, कानूनहरुको कार्यान्वयनलाई समेत प्रभावकारी बनाउन ध्यान दिएका छौं’मुख्यमन्त्री आचार्यले भेटमा भने,‘योजना कार्यान्वयनमा देखिएका समस्याहरुलाई दीर्घकालीन रुपमा हल गर्ने गरी सरकारले भूमिका बढाएको छ।’

    प्रदेशहरुबीचको समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाउने, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश सरकारबीच समृद्धिलाई सघाउनका लागि साझा नीति तथा रणनीतिको बारेमा समेत छलफल भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । यसका साथै प्रदेशमा सञ्चालन हुने ठूला पूर्वाधार परियोजना, सीमावर्ती क्षेत्रहरुमा विकासका लागि समन्वयको हात बढाउने बारेमा पनि कुराकानी भएको छ । 

    462578318_1122045775981179_2627220056083742891_n.jpg

    त्यस्तै प्राकृतिक स्रोतहरुको साझा उपयोग र संरक्षण, प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरण तथा खोज तथा उद्धारमा सहकार्य गर्ने बारेमा समेत चर्चा गरिएको छ । सुदुरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले प्रदेशको बीच सहकार्य, समन्वयलाई थप गति दिने गरी भूमिका बढाउनुपर्ने बताएका थिए ।