२०८२, पौष २५ गते

Jan 09 2026 | २०८२, पौष २५ गते

मानव बेचबिखनविरुद्धको समितिको बैठक, सचेत रहनुपर्नेमा जोड

शनिवार , मंसिर १५, २०८१

  • 643
    Shares
  • 643
    Shares
  • भैरहवा, १५ मंसिर । मानव बेचबिखनविरुद्ध जिल्ला समिति रुपन्देहीको बैठक शुक्रबार भैरहवामा सम्पन्न भएको छ । नयाँनयाँ तरिका अपनाएकर मानव बेचबिखनका घटना भइरहेकाले सबै पक्ष सचेत रहनुपर्नेमा बैठकमा सहभागीले जोड दिएका छन ।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकले एकै प्रकृतिका काम गर्ने संस्थाहरु एकजुट भएर काम गर्नुुपर्ने निर्णय गरेको छ । रुपन्देही जिल्लाभित्र रहेका मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी संघ–संस्थाहरु र सरोकारवालाहरुको उपस्थितिमा भएको बैठकमा एकरुपता हुनुपर्नेमा सहभागीले जोड दिएका थिए ।

    बैठकमा माइती नेपाल आवधिक गृह भैरहवाका कार्यक्रम संयोजक माया क्षेत्रीले हालसम्म भइरहेका गतिविधि, मानव बेचबिखनको वर्तमान अवस्थाका बारेमा प्रस्तुतीकरण गरेकी थिइ् । बैठकमा युएसएआइडी हाम्रो सम्मान परियोजना–२ कार्यक्रमको बारेमा पनि जानकारी गराइएको थियो ।  

    बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीबी राना, अयोध्या भण्डारी, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौैर, सशस्त्र प्रहरी बल २७ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापा मगर , राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय रुपन्देहीका प्रमुख हरिश बहादुर बिष्ट, जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायधिवक्ता प्रेम पौडेल, जिल्ला समन्वय अधिकारी कृष्ण प्रसाद खनाल, सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव चेतनशील लम्साल, गैरसरकारी संस्था महासंघका समिता मल्ल, शुभ अवसर ग्राम नेपालका सत्य नारायण यादव, पत्रकार शंकर पाण्डे लगायतको उपस्थिति रहेको थियो ।