२०८२, पौष २५ गते

Jan 09 2026 | २०८२, पौष २५ गते

पर्यटन राज्यमन्त्री चौधरीद्वारा मायादेवी मन्दिरको अवलोकन भ्रमण

सोमवार , मंसिर १०, २०८१

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • लुम्बिनी, १० मंसिर । पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री अरुण कुमार चौधरीले सोमबार बुद्व जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गरेका छन् । मन्त्री चौधरीले मायादेवी मन्दिरको भ्रमणसँगै मार्कन स्टोन, अशोक स्तम्भ, पुष्करणी ताल, पवित्र बगैचा र शान्ति दीप क्षेत्रको जानकारी तथा अवलोकन गरेका हुन् । मन्त्री चौधरीले पुरातात्विक क्षेत्रको संरक्षणको विषयमा चासो राखेका थिए । उनले लुम्बिनीमा आध्यात्मिक वातावरण निर्माण गर्न लाग्नुपर्नेमा जोड दिए ।

    मन्त्री चौधरीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले स्वागत गरेका थिए । राज्यमन्त्री भएपछि पहिलोपटक लुम्बिनी आएका चौधरीलाई उपाध्यक्ष डा. लामासंगै कोषाध्यक्ष ढुण्डिराज भट्टराई, बोर्ड सदस्य श्याम रोका, योजना प्रमुख स्मिता भट्ट, सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई, सुरक्षा प्रमुख खगेन्द्र काफ्ले, सुचना अधिकृत राजन बस्नेत लगायतले स्वागत गरे । 

    WhatsApp Image 2024-11-25 at 12.16.19 PM.jpeg

    उक्त अवसरमा उपाध्यक्ष डा. लामाले बृहत लुम्बिनी क्षेत्रमा भइरहेको पुरातात्विक क्षेत्रको संरक्षण र अन्य कार्य प्रगतिको जानकारी गराएका थिए । उपाध्यक्ष लामाले सरकारले नीतिगत निर्णय गर्न सके लुम्बिनीमा पैसाको अभाव नहुने बताए । त्यस्तै कोषाध्यक्ष ढुण्डिराज भट्टराईले लुम्बिनीमा पर्यटकको संख्या बढिरहेको जानकारी दिए ।