२०८२, आश्विन २६ गते

Oct 12 2025 | २०८२, आश्विन २६ गते

हिमाली सामुदायिक सेवा केन्द्रमा पुनः थापा

आइतवार , मंसिर ९, २०८१

  • 931
    Shares
  • 931
    Shares
  • भैरहवा, ९ मंसिर । हिमाली सामुदायिक सेवा केन्द्र सामुदायिक प्रहरी सेवा सिद्धार्थनगर–७, ८ र ९ बुद्धचोक, भैरहवाको १५ औं साधारण सभा तथा ९ औं अधिवेशन शनिबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले पुनः सुरेन्द्रजंग थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा सुन्दर गुप्ता, विष्णु मरासिनी, सचिवमा खगेन्द्र शर्मा काफ्ले, सह–सचिवमा सरिता राना र कोषाध्यक्षमा बसन्त कुमार लाल कर्ण निर्वाचित हनुुभएको निर्वाचन अधिकृत अधिवक्ता राममणि भुर्तेलले बताए ।

    त्यसै गरी सदस्यहरुमा रामप्रसाद सापकोटा, सलाउद्दीन पठान, प्रेमलाल यादव, लेखनाथ भट्टराई, यादव प्रसाद पाठक, राधा भट्टराई, निर्मला श्रेष्ठ, रामवृक्ष अहिर, भविलाल पौडेल, मोती प्रसाद पौडेल, दिपेन्द्र पौडेल, लक्ष्मीदेवी पाण्डे र गोविन्द प्रसाद ज्ञवाली चयन भएको निर्वाचन समितिले जनाएको छ । 

    कार्यक्रमको उद्घाटन गर्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौरले सामुदायिक प्रहरीसँगको समन्वयले समाजमा शान्ति सुरक्षा कायम गर्न अझ सहज भएको बताए ।

    कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका सभापति दीपक क्षेत्री न्यौपाने, सिद्धार्थनगर नगरपालिकाकी निवर्तमान उपप्रमुख उमा काफ्ले, सिद्धार्थनगर–९ का वडाअध्यक्ष शेषकान्त भण्डारी, समाजसेवी भरत कुमार पोखरेल, उमा काफ्ले, प्रहरी निरीक्षक अमृता के.सी., दुर्गा सामुदायिक सेवा केन्द्र सिद्धार्थनगर ३, ५ र ६ का अध्यक्ष अजय कुमार गुप्ता लगायतले बोलेका थिए ।

    सेवा केन्द्रका अध्यक्ष सुरेन्द्रजंग थापाको अध्यक्षता, उपाध्यक्ष सुन्दर गुप्ताको स्वागत तथा सचिव विष्णु मरासिनीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा सचिव तथा कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मतले पारित भएको थियो ।