२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

ज्वाइन्ट क्रिकेट कप–२०८१ सुरु

शनिवार , मंसिर ८, २०८१

भैरहवा, ८ मंसिर । सामूहिक विद्यालय परिवार, रुपन्देहीको आयोजनामा बिहीबारदेखि भैरहवामा ज्वाइन्ट क्रिकेट कप–२०८१ (क्रिकेट प्रतियोगिता) सुरु भएको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको एक कार्यक्रमकी बीच सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले उद्घाटन गरिन् । सो अवसरमा बोल्दै नगर उपप्रमुख अधिकारीले यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुग्ने बताइन् । उनले सामूहिक विद्यालय परिवारले यो प्रतियोगितालाई निरन्तरता दिएको भन्दै प्रशंसा गरिन् ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाकी निवर्तमान नगर उपप्रमुख उमा काफ्ले, सिद्धार्थनगर–३ का वडाअध्यक्ष नारायण प्रसाद उपाध्याय, निवर्तमान वडाअध्यक्ष थानेश्वर पौडेल, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा, नेपाल क्रिकेट संघका पूर्व कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, प्याब्सनका केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पन्थी, लुम्बिनी प्रदेश सह–कोषाध्यक्ष महेश भुर्तेल, सामूहिक विद्यालय परिवार रुपन्देहीका अध्यक्ष बसन्त पाण्डे लगायतले बोलेका थिए ।

प्रतियोगितामा छात्रतर्फ १४ र छात्रातर्फ १० गरी २४ वटा टीमको सहभागीता रहेको सामूहिक विद्यालय परिवार रुपन्देहीका उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक समसाद इद्रीसीले बताए ।

प्रतियोगिता अन्तर्गत पहिलो दिन (बिहीबार) भएको खेलमा आदर्श विद्या मन्दिरलाई पराजित गर्दै मनकामना इङलिस हाई स्कूलले जितेको भएको छ । उक्त खेलमा मनकामनाका राहुल क्षेत्री प्लेयर अफ द म्याच घोषित भए । 

त्यस्तै अर्को खेलमा संजीवनी शिक्षा निकेतनलाई पराजित गर्दै न्यू इरा ईङलिस बोर्डिङ स्कूलले जितेको छ । उक्त खेलमा न्यू ईराका सागर चौधरी प्लेयर  अफ द म्याच घोषित भए ।युनिभर्सल पब्लिकलाई पराजित गर्दै ईभरग्रीन प्यासिफिकले जितेको छ जसमा ईभरग्रीनका कमलेश यादव प्लेयर अफ म्याच घोषित भए । 

त्यसै गरी मिर्नवालाई पराजित गदैै सनलाईटले जित्यो । उक्त खेलमा सनलाईटका अमन यादव प्लेयर अफ म्याच घोषित भए । पाँचौ खेलमा सि.बि. पब्लिकलाई पराजित गर्दै युनिक होम्सले जित्यो । यो खेलमा युनिकका सहजाद पठान प्लेयर अफ म्याच घोषित भए ।