२०८३, आषाढ २४ गते

Jul 08 2026 | २०८३, आषाढ २४ गते

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

शुक्रवार , कार्तिक ३०, २०८१

  • 916
    Shares
  • 916
    Shares
  • काठमाडौं, ३० कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी भए स्वदेश फर्किएा छन् । उनी शुक्रबार बिहान संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औं सम्मेलन (कोप–२९) मा भाग लिएर स्वदेश फर्किएका हुन् । 

    राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, मन्त्री एवं सरकारका उच्चपदस्थ अधिकारीले स्वागत गरेका थिए भने नेपाली सेनाको एक टुकडिले सलामी अर्पण गरेको थियो । 

    राष्ट्रपति पौडेलले  कोप २९ अन्र्तगत कात्तिक २७ गते अजरबैजाको बाकुमा उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गरेका थिए । त्यस्तै, सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन कार्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गरेको थियो । 

    सम्मेलनका क्रममा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असरका कारण नेपालले भोग्नुपरेको समस्याका बारेमा विश्वमाझ जानकारी गराउनुभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत बहादुर राईले जानकारी दिए ।

    नेपाली उच्चस्तरीय  प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  राष्ट्रपति पौडेल यही कार्तिक २५ गते अजरबैजान गएका थिए ।