२०८२, फाल्गुण ११ गते

Feb 23 2026 | २०८२, फाल्गुण ११ गते

लुम्बिनीका नगरपालिका र सिचुआनको देयाङ नगरसँग मितेरी सम्बन्ध कायम गर्न प्रस्ताव

बिहिवार , कार्तिक २९, २०८१

  • 889
    Shares
  • 889
    Shares
  • दाङ, २९ कार्तिक । चीनको सिचुआन प्रदेशको औपचारीक भ्रमणमा त्यहाँ रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले देयाङ नगरलाई लुम्बिनी प्रदेशका नगरपालिकासँग मितेरी सम्बन्ध कायम गरेर अनुभव तथा सहयोग आदानप्रदानलाई अघि बढाउन प्रस्ताव राखेका छन् । 

    देयाङ नगरको अवलोकन भ्रमणमा पुगेका मुख्यमन्त्री आचार्यले नगरका कार्यकारी उपप्रमुख लि च्याङ्ग पो लाई लुम्बिनी भ्रमणको लागि निम्तो समेत दिए । यसका साथै सो नगर र लुम्बिनी प्रदेशका नगरपालिकाहरुको बीचमा मितेरी सम्बन्ध कायम गरेर अघि बढ्ने बारेमा समेत प्रस्ताव राख्नुभएको भ्रमण दलमा सहभागी मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसालले जानकारी दिए । 

    ‘सिचुआन प्रदेशमा रहेको देयाङ नगरको अवलोकन भ्रमणपछि भएको छलफलमा मुख्यमन्त्रीज्यूले लुम्बिनी भ्रमण गर्न निमन्त्रणा गर्नुभयो भने प्रदेशका नगरपालिकाहरुसँग मितेरी सम्बन्ध कायम गर्ने बारेमा पनि प्रस्ताव राख्नुभएको छ’स्वकिय सचिव भुसालले भने,‘मितेरी सम्वन्ध कायम गरेर अनुभव र सहयोग आदानप्रदान गर्ने ्बारे सकारात्मक छलफलहरु भएका छन् ।’ 

    देयाङ औद्योगिक सहर हो । जहाँ ठूला कम्पनीहरु प्रमुख रुपमा सञ्चालनमा छन् । देयाङ नगरले लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा औपचारिक छलफल कार्यक्रम समेत राखेको थियो । जुन कार्यक्रममा युरोप, मध्यपुर्व, एसिया, दक्षिण एसिया लगायतका मुलुकका प्रतिनिधिहरु सहभागी थिए । 

    462568489_2578258789033265_6548784487778508617_n.jpg

    कार्यक्रममा लुम्बिनी प्रदेशका स्थानीय तहसँग मितेरी सम्बन्ध कायम गर्ने प्रस्ताव अघि सार्दै प्रदेश सरकारले त्यसमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । छिमेकी देश चीनको सिचुआन प्रदेशमा आयोजना गरिएको तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन मुख्यमन्त्री आचार्यसहित ७ सदस्य प्रतिनिधि मण्डल गएको छ ।