२०८२, फाल्गुण १३ गते

Feb 25 2026 | २०८२, फाल्गुण १३ गते

तिलोत्तमामा प्रिमियम र स्मार्ट नामी इभी सार्वजनिक

मंगलवार , कार्तिक २७, २०८१

  • 772
    Shares
  • 772
    Shares
  • भैरहवा, २७ कार्तिक । नेपालका लागि डोंङफेंङ इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले रुपन्देहीको तिलोत्तमामा आफ्नो प्रिमियम र स्मार्ट इभी नामी सार्वजनिक गरेको छ । 
    सोमबार आयोजित कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख (मेयर) रामकृष्ण खाण, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, एमएडब्लु वृद्धिका विजनेश हेड प्रशन्न पन्त तथा डोंङफेंङ बुटवल इमरल्ड अटोमोबाइल्सका प्रबन्ध निर्देशक योगेन्द्र खड्कीले संयुक्त रुपमा नामी इभी सार्वजनिक गरेका हुन् ।

    सेग्मेन्टमै सबैभन्दा लक्जरियस र इन्टेलिजमेन्ट नामी इभीले लुम्बिनी प्रदेशको बजारमा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीले विश्वास लिएको छ । कम्पनीद्वारा जारी विज्ञप्ती अनुसार ह्याचब्याक सेग्मेन्टमा राखिए पनि यो आकारमा ठूलो छ । प्रतिष्पर्धीको तुलनामा यसको आकार र चौडाइ ठूलो हुनुका साथै धेरै सेग्मेन्ट बेस्ट फिचर प्रयोग गरिएका छन् ।

    कार्यक्रममा डोंङफेंङका लागि बुटवल डिलर इमरल्ड अटोमोबाइल्सका प्रबन्ध निर्देशक योगेन्द्र खड्गीले लुम्बिनीमा स्मार्ट र इन्टेलिजेन्ट इभी नामीलाई प्रतिनिधित्व गर्न पाउँदा खुसी भएको बताए । उनले विक्री मात्र नभइ विक्रीपछिको सेवालाई पनि उत्तिकै महत्व दिने बताए । ‘ग्राहकको सन्तुष्टि पहिलो प्राथमिकता हुनेछ, ’उनले भने ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले नेपाली बजारमा स्मार्ट इभी नामीले महत्वपूर्ण स्थान लिने विश्वास व्यक्त गरे । उनले वातावरण बचाउन पनि यसले भूमिका निर्वाह गर्ने बताए । उनले भने, ‘नेपालको व्यापार घाटा बढ्दो छ । वार्षिक २ खर्ब पेट्रोलियम पदार्थको आयात भइरहेको छ । पेट्रोलियम पदार्थको आयात घटाएर व्यापार घाटा कम गर्न सकिन्छ । यो गाडीको विशेष महत्व छ ।

    त्यस्तै तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः सुरु भएको अन्तर्राष्ट्रिय उडानले उत्साह थपिएको बताए । उनले बजारमा स्मार्ट इभी नामी गाडी सार्वजनिक हुनु महत्वपूर्ण रहेको बताए । 

    एमएडब्लु बुद्धिका बिजनेश हेड प्रशन्न पन्तले गाडी किन्ने निर्णय गर्नुअघि त्यो ब्राण्डको लेगेसीबारे जान्नुपर्ने र नेपालमा त्यसलाई कसले भित्र्याइरहेको छ भन्नेमा ध्यान दिनुपर्ने बताए ।
    सेग्मेन्ट फस्ट फिचरले भरिएको नामी

    नामीले आफ्नो सेग्मेन्टमा लक्जरी र इन्टेलिजेन्टको नयाँ मापदण्ड स्थापित गरेको छ । यसको लक्जिरियर इन्टेरियर र अत्याधुनिक स्मार्ट प्रविधि यसको स्लिक डिजाइनमा राम्रोसँग सम्मीश्रित छ । यसमा सेग्मेन्ट फस्ट वेलकम सिट, मेमोरी सिट, फ्रेमलेस डोर, फ्लस डोर ह्यान्डल, अटो पार्किङ, टेबल टपसहितको पेसेन्जर डअर पनि रहेको छ ।

    यो फ्युभरिस्टिक ह्याचब्याक इभीप्रेमीलाई सुहाउने गरी नामी ई१, नामी ई२ र नामी ई३ गरी तीन भेरियन्टमा उपलब्ध हुनेछ जसको मूल्य २९ लाख ९९ हजारदेखि ३४ लाख ९९ हजार रुपैयाँ रहेको छ । नामीमा लेभल २ एडास, भेन्टिलेटेड र हिटेड सिट, १२.८ इन्चको टच स्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, १७ इन्चको टायर, १२ वटा अल्ट्रासोनिक राडारसहितको ३६० डिग्री क्यामेरा, एडाप्टिभ क्रयुज कन्ट्रोल, अटोडिमिंग फिचरसहितको स्टार लाइट क्रिस्टल एलइडी हेडल्याम्प जस्ता सेग्मेन्टकै बेस्ट फिचरहरु रहेका छन् । यो इभीमा प्रोक्सिमिटी लच अनलक, मल्टिकलर एम्बायन्ट लाइट, वान टच मोडसहितको फ्ल्याट फोड फ्रन्ट सिट, एक्टर्नल डिस्चार्ज क्यापाबिलिटी, पर्सनलाइज्ड टच स्क्रीन सेन्ट्रल कन्सोल र लक्जरियर अर्बान इन्टेरियर स्पेसले पूर्ण बनाएको छ ।