२०८३, आषाढ २४ गते

Jul 08 2026 | २०८३, आषाढ २४ गते

आस्था समूह रुपन्देहीको १५ औं वार्षिक साधारण सभा सम्पन्न

आइतवार , कार्तिक २५, २०८१

  • 745
    Shares
  • 745
    Shares
  • बुटवल, २५ कार्तिक । लागूऔषध र एचआईभी एड्सको क्षति न्यूनीकरणका क्षेत्रमा काम गर्दै आइरहेको आस्था समूह रुपन्देहीको १५ औं वार्षिक साधारण सभाले विभिन्न निर्णयहरु गरेको छ।

    साधारण सभाले लागूऔषध सम्बन्धी राष्ट्रिय नीति परिवर्तनका लागि पैरवी कार्यक्रम गर्ने, लागूऔषध प्रयोगकर्ताको उपचार तथा पुनस्थापनाका लागि भवन निर्माण, एचआईभी एड्सको क्षति न्यूनीकरणका लागि सामुदायिकसहित विभिन्न कार्यक्रम, अन्तर्राष्ट्रिय दिवस तथा उत्सव आयोजना, अवलोकन लगायतका कार्यक्रमहरु गर्ने निर्णय गरेको छ ।

    साधारण सभामा अध्यक्ष केशव पुन, सचिव सुजन पुन र कोषाध्यक्ष दिनेशरत्न तुलाधरले पेश गरेका प्रतिवेदनहरु सर्वसम्मत रुपमा पारित भएका संस्थाका कार्यसमिति सदस्य भुवन श्रेष्ठले जानकारी दिए ।

    साधारण सभामा सेभ द चिल्ड्रेनका वरिष्ठ कार्यक्रम संयोजक सुवास श्रेष्ठ, एएचएफ नेपालका धर्मराज भट्टराई, लुम्बिनी प्रादेशिक अस्पतालका भीम ज्ञवाली, बुटवल उपमहानरपालिका वडा नम्बर ३ का वडा सदस्य अमृत खड्का लगायतले बोल्दै आस्था समूहले लागूऔषध र एचआईभी एड्सको क्षति न्यूनीकरणका क्षेत्रमा सराहनीय काम गरेको चर्चा गर्दै संस्थालाई थप क्रियाशील बनाउन सरोकारवाला निकायको साथ र रचनात्मक सुझाव आवश्यक रहेको धारणा राखेका थिए । 

    आस्था समूहले सेभ द चिल्ड्रेनको साझेदारीमा मौखिक प्रतिस्थापन उपचार साथै रुपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिममा क्षति न्यूनीकरण कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।