२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

‘भैरहवाबाट अन्तर्राष्ट्रिय हवाई यात्रा गर्न पाउँदा निकै खुसी छौं’

शनिवार , कार्तिक २४, २०८१

भैरहवा, २४ कार्तिक । उद्योगी तथा युवा समाजसेवी अजय कुमार गुप्ताले रुपन्देहीको भैरहवाबाट अन्तर्राष्ट्रिय हवाई यात्रा गर्न पाउँदा खुसी लागेको बताएका छन् । पत्नी विनिता गुप्तासँग भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेत पुगेका गुप्ताले काठमाडौं भन्दा भैरहवाबाट यात्रा गर्न पाउँदा निकै खुसी लागेको बताए । 

लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीका अध्यक्ष समेत रहेका गुप्ताले खबरपात्रोसँग भने, आज आफू जन्मेको गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवाबाट पहिलो अन्तर्राष्ट्रिय उडान गर्न पाउँदा खुसी लागेको छ । फरक अनुभुति भएको छ । अब भैरहवाबाट अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिनुपर्छ र विमानस्थल पूर्ण र नियमित सञ्चालन हुनुपर्छ ।

466035138_27810399615240019_3567598634463746115_n.jpg

अहिले आफूहरु कुवेत पुगेको र दुबई जान लागेको उनले जानकारी दिए ।

भैरहवाबाट जजिरा एयरवेजले पुनः उडान सुरु गरेको छ । विमानस्थलका अनुसार शनिबार बिहान ७ बजेर ३० मिनेटमा भैरहवा अवतरण गरेको जजिराको विमानले ८ बजेर ३० मिनेटमा कुवेतका लागि उडान भरेको हो ।